सुनको मूल्य फेरि ५०० ले बढ्यो

सुनको मूल्य फेरि ५०० ले बढ्यो

अपन दैनिक
मंसिर १७, २०७७ मा प्रकाशित
१२७ पटक पढिएको
सुनको मूल्य फेरि ५०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० ले बढेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । सोमबारको तुलनामा बुधबार आइपुग्दा प्रतितोला एक हजारले वृद्धि भएको हो । यस्तै तेजाबी सुनसमेत प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन बुधबार भने ९० हजार ५५० मा कारोवार भएको छ । 

यस्तै चाँदी प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ । 

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित