सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयाे

सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयाे

अपन दैनिक संवाददाता
मंसिर १७, २०७७ मा प्रकाशित
१६७ पटक पढिएको
सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गयाे

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा न १ मा माहुरीको टोकाइबाट एक महिलाको ज्यान गएकाे छ ।

घर नजिकैको खेतबारीमा गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेशकुमार यादवकी  २४ वर्षीया श्रीमती रमिला देवी यादवको ज्यान गएकाे प्रहरीले जनाएको छ ।

तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको ज्यान गएकाे इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

मृतकको शव राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह, अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पठाएको तथा घटनाको थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित