किसानको मागअनुसार गहुँको बीउ छैन

किसानको मागअनुसार गहुँको बीउ छैन

रासस 
मंसिर ११, २०७७ मा प्रकाशित
११८ पटक पढिएको
किसानको मागअनुसार गहुँको बीउ छैन

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको मागअनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन । लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिए । कार्यालयका अनुसार चालु आव ०७७/०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको माग भए पनि कार्यालयबाट करिब एक हजार ६१२ मेट्रिक टन मात्र बीउ उपलब्ध गराउने लक्ष्य रहेको छ  । 

कार्यालयको कार्य क्षेत्रअन्तर्गत यस आव ०७७/०७८ मा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहट जिल्लामा गहुँको बीउ उपलब्ध गराउने योजना छ तर सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा अन्य जिल्लामा समेत गहुँको बीउ उपलब्ध गराउँदै आएको कार्यालयको भनाइ छ  । 

कार्यालयले ती जिल्लाका विभिन्न सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्दै आएको छ । गहुँको जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् ।

किसानको मागअनुसार कम्पनीले गहुँको बीउ पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको कार्यालयमा गहुँको बीउ खरिदका लागि आउनुभएका सर्लाही कवलासी निवासी कवलासीस्थित कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवले बताए । 

कार्यालयका अनुसार प्रत्येक वर्ष किसानको मागअनुसार गहुँको बीउ पूर्णरूपमा उपलब्ध गराउन सकेको छैन । किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । कार्यालयले किसानसँग गहुँको बीउको गुणस्तरको अवस्था हेरी प्रतिकेजी रु ३५ देखि ४० सम्ममा प्रत्येक वर्षको वैशाख महिनासम्ममा खरिद गरेको बीउलाई हाल प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तालाई बिक्री गर्दै आएको छ । 

प्रायजसो हरेक वर्ष वैशाख महिनासम्ममा कार्यालयले किसानसँग गहुँको बीउ खरिद गरी सुरक्षित भण्डारण गरेर राख्ने गर्दछ । त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मङ्सिर महिनासम्म सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्ने गर्दछ । 

यस वर्ष वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य विभिन्न जिल्लामा मागअनुसारको गहुँको बीउ उपलब्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । 

हरेक वर्षको कात्तिक महिनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गर्ने लक्ष्य लिएको करिब एक हजार ५०० मेट्रिक टन गहुँको बीउबाट सो क्षेत्रमा करिब ३८ हजार पाँच हजार मेट्रिक टन गहुँ उत्पादन हुने अपेक्षा गरिएको छ । 

हेटौँडामा यसअगावै रहेको साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी सङ्घीय संरचनाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो । 

विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको यस प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन जना प्रशासनिक कर्मचारी मात्र कार्यरत रहेका छन् । 

कार्यालयमा एक कम्प्युटर सहायक, एक कृषि अधिकृत, एक लेखा अधिकृत, एक नायब प्राविधिक सहायक र एक प्लान्ट  (प्रशोधन कारखाना) अपरेटर रिक्त छन् ।

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित