कोरोना महामारी : विश्वभर संक्रमितको संख्या ६ करोड नाघ्यो

कोरोना महामारी : विश्वभर संक्रमितको संख्या ६ करोड नाघ्यो

अपन दैनिक
मंसिर ११, २०७७ मा प्रकाशित
१०५ पटक पढिएको
कोरोना महामारी : विश्वभर संक्रमितको संख्या ६ करोड नाघ्यो

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ६ करोड २ लाख ३४ हजार २३ पुगेको हो । हालसम्म कोरोना संक्रमणबाट १४ लाख १८ हजार २ सय २४ जनाको मृत्यु भइसकेको छ भने ३ करोड ८४ लाख ७० हजार ४ सय १६ जना निको भइसकेका छन् ।

हालसम्म अमेरिकामा १ करोड २७ लाख ५४ हजार १ सय ९ जना संक्रमित भएका छन् । यस्तै, भारतमा ९२ लाख २२ हजार २ सय १६,  ब्राजिलमा ६१ लाख १८ हजार ७ सय ८, फ्रान्समा २२ लाख २१ हजार ६ सय ८, रुसमा २१ लाख ४४ हजार २ सय २९, स्पेनमा १६ लाख ५ हजार ६६ र बेलायतमा १५ लाख ६० हजार ८ सय ४६ जना संक्रमित भएका छन् ।

संक्रमणबाट अमेरिकामा २ लाख ६१ हजार ९ सय ७१, ब्राजिलमा १ लाख ७० हजार १ सय १५, भारतमा १ लाख ३४ हजार ६ सय ९९, मेक्सिकोमा १ लाख २ हजार ७ सय ३९ र बेलायतमा ५६ हजार ६ सय ३० जनाको मृत्यु भएको छ । 

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित