बेलायतमा हुर्किएकी दिप्ताको लगाव नेपाली गीत संगीतमा

बेलायतमा हुर्किएकी दिप्ताको लगाव नेपाली गीत संगीतमा

अपन दैनिक
मंसिर १०, २०७७ मा प्रकाशित
१४३ पटक पढिएको
बेलायतमा हुर्किएकी दिप्ताको लगाव नेपाली गीत संगीतमा

काठमाडौं । पाँच वर्षको उमेरमा बेलायत प्रवेश गरेकी दिप्ता थापाको घरमा सांगीतिक माहोल छ । भर्खरै बोली फुटेको अवस्थामा बेलायत गएकी भए पनि उनले त्यहाँ जाँदा नेपाली संस्कार र संस्कृतिलाईसँगै लगिन् । 

उनले आज १८ वर्षको उमेरमा मातृभूमिलाई सम्झिँदै प्रवासबाट आफ्नो मातृभाषामा सांगीतिक कोशेली  ‘यो जीन्दगी’  दिएकी छिन् । 

करिब एक दर्जन गीतहरु रेकर्ड गराइसकेका पिता दीपक उनका लागि गुरु जस्तै छन् । भारतको इलाहावाद विश्वविद्यालयबाट नृत्यमा डिप्लोमा गरेकी आमा सुनिता पनि उनको गायन यात्रामा सधैँ सहयोगी रहिन् । 

दिप्ताले तयार पारेको नयाँ म्युजिक भिडियो ‘यो जीन्दगी’ बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी  ‘दुबसु’ले सार्वजनिक गरेका छन् । उनले नेपाली गीत संगीत मार्फत नयाँ पुस्तालाई नेपाली भाषा र संगीतमा जोड्ने काम दिप्ताले गरेको भन्दै खुलेर प्रशंसा गरे । 

दिप्ताको यो कामका लागि दिप्तासहित उनका बुवा र आमालाई  विशेष धन्यवाद दिए । सो अवसरमा दिप्ताले आफ्नो पहिलो गीत नेपालमा रहेकी बिरामी हजुरआमालाई समर्पण गर्दै गाएको बताइन् । 

दिप्ताको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत र गजलकार सञ्जिता देउजाको शब्द रहेको छ।  

भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् ।  

छापा संस्करण

२०७७ माघ १४ बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित