नेपालमा प्रतिबन्धित गरिएको विभिन्न प्रकारका औषधीजन्य सामग्री भारतबाट ल्याई लागुऔषधको रुपमा प्रयोग हुँदै आएको छ । सिरहा जिल्लामा अहिले कोरोना संक्रमणका क्रममा सीमालाई ठप्प पारिएको छ । सीमामा भन्सार भएर सामग्री आयात गर्ने छुट मात्र राखिएको छ । त्यस वाहेक पैदल यात्रामा पनि रोक लगाईएको छ । जसले गर्दा एक प्रकारले सीमा वारपार गर्न सिरहा जिल्लाको मुख्य भन्सार कार्यालय माडर, छोटी नाकाहरु बरियारपट्टी, ठाँडी लगायतमा रोक लगाईएको छ ।

सिरहा जिल्लामा भारतबाट अवैध रुपमा ठूलो परिमाणमा लागुऔषधको आयात भईरहेको छ । विभिन्न रुट प्रयोग गरी लागुऔषधका कारोबारीहरुले जिल्लामा लागुऔषध भित्र्याउँदै छ । त्यससँगै जिल्लामा आईपुगेका लागुऔषध पहाडी जिल्ला र विभिन्न सहरमा पुर्याउँदै आएको छ । अहिले सिरहा जिल्लाको विभिन्न नाका भएर लागुऔषध नेपाल आउने क्रमलाई प्रहरीले निस्जेत पार्न सकिरहेको छैन् । सीमा सुरक्षाको जिम्मेवारी लिएको सशस्त्र प्रहरी बलले पनि लागुऔषधको बढ्दो कारोबारलाई रोक्न अझ भूमिका खेल्नुपर्ने देखिन्छ । करिब ३५ किलोमीटर लामोसीमामा सशस्त्र प्रहरीको ठाउँठाउँमा पोष्ट रहेको छ ।

सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले लागुऔषधको बढ्दो कारोबारलाई रोक्न अझ् प्रभावकारी काम गर्नु पर्छ । नेपाल प्रहरीले विभिन्न रुट र विभिन्न उमेर समूहका व्यक्तिलाई परिचालन गरी कारोबारीहरुले सहजै लागुऔषध नेपाल ल्याउने क्रमलाई भत्काउनु जरुरी छ । यो चेन भत्किएका मात्र जिल्लामा फैलिएको लागुऔषधको कारोबारलाई रोक्न सकिन्छ ।

लागुऔषध कारोबारसँगै अर्को समस्या भनेको यहाँका युवाहरु दुव्र्यसनीमा पर्नु हो । सिरहा जिल्लामा दैनिक रुपमा लागुऔषधको दुव्र्यसनमा फस्ने युवाहरुको संख्या वढ्दै गएको छ । जसको यकिन तथ्यांक कुनै निकायसँग छैन् । यसैले जिल्लामा लागुऔषधको दुव्र्यसनलाई रोक्न स्थानीय सरकारहरुले प्रभावकारी काम गर्नुपर्छ । निगरानीसँगै सचेतना जगाउन भूमिका खेल्नु पर्छ । युवाहरुलाई विभिन्न रोजगारमूलक काममा संलग्न गराउनु पर्छ । खेलकुदलाई व्यवसायिक बनाई त्यसमा जोड्नु जरुरी छ । यसले नै जिल्लामा युवाहरुमा बढ्दो क्रममा रहेको लागुऔषधको लतलाई रोक्न सकिन्छ । यसमा सवै सरोकारवाला निकायले विशेष पहल लिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!