चेल्सीसँग न्युक्यासल पराजित

चेल्सीसँग न्युक्यासल पराजित

अपन दैनिक
मंसिर ६, २०७७ मा प्रकाशित
११५ पटक पढिएको
चेल्सीसँग न्युक्यासल पराजित

काठमाडौं । प्रिमियर लिग फुटबलमा न्युक्यासल चेल्सीसँग पराजित भएको छ । शनिबार साँझ भएको खेलमा न्युक्यासल चेल्सीसँग २–० गोलले पराजित भएको हो ।  न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सी आत्मघाती गोलबाट खेलामा अगाडी बढेको थियो । न्युक्यासलका फेडेरिको फेर्नान्डेजले आत्मघाती गोल गर्दै चेल्सीलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

खेलको १० औं मिनेटमा मसोन माउन्टको क्रसलाई बचाउन खोज्दा फेर्नान्डेजले आत्मघाती गोल गरेका थिए । त्यस्तै दोस्रो हाफमा टमी अब्राहमले गोल गरे । उनले खेलको ६५ औं मिनेटमा टिमो वेरनरको पासमा सहजै गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसक्दा खेल चेल्सीले जितेको हो । 

यस जितसँगै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नौ खेल खेलेको चेल्सी पाँच खेलमा जित, तीन बराबरी र एक खेलमा हारसहित १८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । समान खेल खेलेको न्युक्यासलको ११ अंक छ ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित