बीएडको परीक्षा होम सेन्टरमा (तालिकासहित)

बीएडको परीक्षा होम सेन्टरमा (तालिकासहित)

अपन दैनिक
मंसिर ६, २०७७ मा प्रकाशित
१८५ पटक पढिएको
बीएडको परीक्षा होम सेन्टरमा (तालिकासहित)

काठमाडौं । बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो ।

काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ ।

बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ ।

एमएडको परीक्षा केन्द्र तोक्न बाँकी

परीक्षा नियन्त्रण महाशाखाका अनुसार एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ । नोवेल कोरोना भाइरस -कोभिड-१९)का कारण गत चैतमा स्थगित भएको खुल्ला तथा दुर सिकाइ समेतको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न लागेको महाशाखाले जानकारी दिएको छ ।

एमएडपरीक्षा केन्द्र केही दिनमा निर्धारण हुने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।

  

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित