अफगानिस्तानमा रकेट हमला: ८ जना मारिए, ३१ घाइते

अफगानिस्तानमा रकेट हमला: ८ जना मारिए, ३१ घाइते

अपन दैनिक
मंसिर ६, २०७७ मा प्रकाशित
१५९ पटक पढिएको
अफगानिस्तानमा रकेट हमला: ८ जना मारिए, ३१ घाइते

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित रकेट बम हमलाबाट कम्तिमा ८ जना मारिएका छन् । ३१ जना घाइते छन् । राजधानीको घना बसोबास रहेको क्षेत्र र अति सुरक्षित मानिएको ग्रीन जोन क्षेत्रमा शनिबार हमला भएको थियो । ग्रीन जोन विभिन्न देशका दूतावास तथा कुटनीतिक नियोगका कार्यालय भएको क्षेत्र हो ।

शनिबार बिहान स्थानीय समय अनुसार ९ बजे उक्त आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक अरिअनले यस घटनालाई तालिबानी ‘आतंकवादी’ हमला भएको आरोप लगाएका छन् । तारिकका अनुसार जहाँ २३ वटा रकेट हानिएको थियो । केही घाइतेहरुको अवस्था गम्भीर छ ।

घटनापछि स्थानीय बासिन्दा र स्कुले विद्यार्थीहरुको भागदौड मच्चिएका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेका छन् । पछिल्लो केही साताको अन्तरमा काबुलमा मात्रै भएका विभिन्न आक्रमणमा ५० जनाको मृत्यु भइसकेको छ । अफगानिस्तानमा २० वर्षदेखि नै युद्धरत सशस्त्र समूह तालिबानसँग अफगान सरकारको चरणवद्ध वार्ता भइरहेको छ । यद्यपि दुबै पक्षबाट सम्झौता उल्लंघन गर्ने काम भइरहेको छ ।

सरकारले भने यस्ता प्रकृतिका आक्रमणमा तालिबान समूहलाई आरोप लगाउने गरेको छ । त्यसो त, यसअघि पनि दूतावास क्षेत्रमा पटक-पटक रकेट आक्रमण भएका थिए ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित