लकडाउनको सदुपयोग गर्नेहरु अहिले मनग्य आम्दानी गर्दै

लकडाउनको सदुपयोग गर्नेहरु अहिले मनग्य आम्दानी गर्दै

अपन दैनिक
मंसिर ६, २०७७ मा प्रकाशित
१८० पटक पढिएको
लकडाउनको सदुपयोग गर्नेहरु अहिले मनग्य आम्दानी गर्दै

कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ गते देखि लकडाउन सुरु भयो । त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए । यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् । 

लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरणीय व्यक्ति बनेका छन्, हेटौडा–६ शान्तिटोलका भरत सापकोटा । लकडाउनका कारण आफूले लाखौं लगानी गरेर सञ्चालन गरेको नीजि विद्यालय बन्द भएपछि उनलाई बैंकको ब्याज तिर्न समेत समस्या भयो । त्यसैले आप्mनो पु¥ख्यौली जमिनमा व्यवसायिक ढंगबाट एकीकृत कृषि फार्मको सुरुवात गरे । 
लकडाउन कै बीचमा कुखुरा, माछा र तरकारी खेती सुरु गरेका सापकोटाले अहिले आम्दानी लिन थालेका छन् । 

यस्तै लकडाउन भन्दा अगाडि हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउन कै बीचमा व्यवसायिक तरकारी खेति शुरु गरेको छ । बेमौसमी तरकारी खेति शुरु गरेका उनीहरुको परिवारले पहिलो उत्पादनमै ३ लाख रुपैयाँ बढीको तरकारी विक्री गर्न सफल भएको छ । 

लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफू त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका छन् ।
लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले स्वरोजगार कार्यक्रम शुरु गरेको छ । बेरोजगारहरुलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरेको अवाध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । 

हेटौंडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यवसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रुपमा अगाडि बढाएका छन् । तर सिपमुलक तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न भने सकिरहेका छैनन् । 

राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने कल्पना तरकारी तथा फलफूल खेति फर्मका प्रमेश पराजुलीले जोड दिए ।  

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित