मालपोतका सुब्बा र सहयोगी घूससहित पक्राउ

मालपोतका सुब्बा र सहयोगी घूससहित पक्राउ

अपन दैनिक
मंसिर ६, २०७७ मा प्रकाशित
१०१ पटक पढिएको
मालपोतका सुब्बा र सहयोगी घूससहित पक्राउ

दाङ । मालपोत कार्यालय तुलसीपुरका नायब सुब्बा र कार्यालय सहयोगी घूसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले शुक्रबार कार्यालयको तामेली फाँटमा कार्यरत नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई कार्यालयबाटै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुले नापी नभएको जग्गाको नापनक्सा बनाई पुर्जा बनाइदिने भन्दै घूस रकम मागेको गोप्य सूचनाको आधारमा गएको टोलीले ३ लाख २० हजार नगदसहित पक्राउ गरेको अख्तियारले जनाएको छ । पक्राउ परेकालाई नेपालगञ्ज कार्यालयमा राखेर अनुसन्धान गरिरहेको आयोगले जानकारी दिएको छ ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित