छठ पर्व मनाइरहेको ठाउँमा छिमेकीमाथि बन्दुक ताक्ने युवक पक्राउ

छठ पर्व मनाइरहेको ठाउँमा छिमेकीमाथि बन्दुक ताक्ने युवक पक्राउ

अपन दैनिक संवाददाता
मंसिर ६, २०७७ मा प्रकाशित
४८७ पटक पढिएको
छठ पर्व मनाइरहेको ठाउँमा छिमेकीमाथि बन्दुक ताक्ने युवक पक्राउ

सिरहा । सिरहामा कटुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् । 

शनिबार बिहान ७ बजे औरही गाउँपालिका-५ जगदेव बाबा पोखरीमा छठ पर्व मनाइरहेको स्थानबाट एक युवक पक्राउ परेका हुन् पक्राउ पर्ने युवक सोही वडाका २२ वर्षीय रबिन दास हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार दासले पोखरीमा आफ्ना छिमेकी ४२ वर्षीय विनोदकुमार यादवलाई बन्दुकले ताकेका थिए । 

‘छठ पर्वको पुजा भइरहेको ठाउँमा उनीहरू दुबैबीच वादविवाद हुन्छ । केहीबेरपछि दासले बन्दुक निकालेर यादवको कञ्चटमा ताक्छन्,’ प्रहरी नायब उपरीक्षक शर्माले भने । 

प्रहरीका अनुसार उनीहरूबीच व्यक्तिगत दुश्मनी थियो । 

त्यहाँ स्थानीयहरू सूर्यलाई अर्घ्य दिइरहेका थिए ।

बन्दुक ताकेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई पोखरीबाट नियन्त्रणमा लिएको छ । 

बन्दुकमा एक राउन्ड गोली लोड भएको अवस्थामा बरामद भएको शर्माले बताए । प्रहरीले दासबाट अन्य दुई गोली पनि बरामद गरेको छ । 

दासले कटुवा बन्दुक कहाँबाट ल्याए भन्नेबारेअनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए । 

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित