ओझेलमा वास्तविक सुकुम्वासी (सम्पादकीय)

ओझेलमा वास्तविक सुकुम्वासी (सम्पादकीय)

सम्पादकीय
मंसिर ५, २०७७ मा प्रकाशित
१२४ पटक पढिएको
ओझेलमा वास्तविक सुकुम्वासी (सम्पादकीय)

२०५८ सालमा सिरहा जिल्लामा सुकुम्बासी समस्या आयोगले जग्गा वितरण प्रकृया सुरु गरेको थियो । तात्कालिन सुकुम्बासी समस्या आयोग सिरहा अध्यक्ष रजाक राईनको नेतृत्वको टोलीले भूमीहिन सुकुम्वासीलाई जग्गा दिने भनेर निवेदन लिए र जग्गा दिए ।
२०५८ सालमा वितरण भएको जग्गाको विषयमा अदालत र अख्तियारमा उजुरीहरु परेको छ । कतिपय उजुरीको कार्यान्वयन भएसँगै सुकुम्वासीको नाउँमा हुकुमवासीले हत्याएको जग्गा फिर्ता पनि भएको छ । कतिपय कारबाही प्रकृया भोग्दैछन् । समुदायको सवैभन्दा तल्लो तहमा बस्दै र जीवन कष्टपूर्ण जिउँदै आएका विपन्न गरिब समुदाय जहिले पनि ओझेलमा पर्ने गरेको छ । नेता, नेतृत्व र अगुवाहरुले भोट बैंक र विभिन्न नारामा सिमित गरी अल्झाएर राख्दै आएका छन् । यसैको कारण हो, सुकुम्वासीहरु अझैं पनि भूमिहिनको अवस्थामा छ ।
राज्य संयन्त्र नै वास्तविक सुकुम्वासीको समस्या समाधान गर्न चाहेकै छैन् । विपन्न गरिब समुदाय जहिले पनि कढ्याग्रिने चिसो, हावाहुरी, वर्षा वाढीमा कष्टपूर्ण जीवन बाँच्दै आएपनि नेता र नेतृत्वलाई बास्तविक रुपमा समाधान गर्नुभन्दा रमिते बनेर राहतका नाउँमा भ्रष्टाचार गर्नु नै उपयुक्त लागेको छ । विभिन्न सभा, सम्मेलन भूमिहिन सुकुम्बासीको नाउँमा भैरहने गरेको छ । विभिन्न देशी विदेशी संघसंस्थाले सशक्तिकरणको नाउँमा खर्बौं रकम खर्चिदै आएको छ । भईमान्छेका पीडा कम हुन सकेको छैन् । अधिकारको निम्ति पटक पटक सडक तताउने, ज्यान गुमाउने बास्तविक भूमिहीनहरुप्रति नत राज्य नत नेतृत्ववर्ग संवेदनशील बन्न सकेको छ । अगामी चुनावी लक्षित सभा सम्मेलन, गोष्ठी सुरु भएको छ । तर मूल समस्याको जडो समातेर समाधान गर्नुतर्फ ध्यान पुगेको छैन् ।
देशमा दुई तिहाईको शक्तिशाली कम्युनिष्ट पार्टीका सरकार छ । प्रदेशमा शक्तिशालि जनता समाजवादी पार्टीको सरकार छ भने सिरहा जिल्लामा नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादीको वढी स्थानीय तहमा कब्जा छ । तर पनि बास्तविक भूमिहिन सुकुम्बासीको समस्या सल्टाउन पहल भएको छ । ओझेलमा परेका भूमिहीन सुकुम्बासीको समस्या समाधानतर्फ राज्य र नेतृत्व अगाडी आउनु आजको नितान्त आवश्यक छ ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित