ट्रम्पले असहयोग गरे धेरैको ज्यान जान्छ’

ट्रम्पले असहयोग गरे धेरैको ज्यान जान्छ’

अपन दैनिक
मंसिर ३, २०७७ मा प्रकाशित
९० पटक पढिएको
ट्रम्पले असहयोग गरे धेरैको ज्यान जान्छ’

‘निवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो संक्रमणकालीन टोलीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सहयोग नगरे थप मानिसको ज्यान जाने चेतावनी दिएका छन् ।

ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा, कोभिड–१९ को महामारी नियन्त्रण र खोप वितरणबारे आफ्नो टोलीसँग समन्वय गर्नुपर्ने उनको भनाइ छ । ट्रम्प प्रशासनले भने खोप वितरणको ढाँचाबारे योजना बनाइरहेको जनाइएको छ । डेलावेयरमा बोल्दै बाइडेनले भने, ‘हामीले सहकार्य गरेनौं भने अझ धेरै मानिसहरू मर्नेछन् ।’ उनले राष्ट्रपति ट्रम्पलाई हार स्वीकार गर्नसमेत आग्रह गरे । आफ्नो मन्तव्यका क्रममा बाइडेनले ट्रम्पको अस्वीकार ‘पूर्णरूपमा गैरजिम्मेवार’ भएको बताए । ‘योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले जनवरी २० सम्म कुर्नुपर्‍यो भने यसले हामीलाई पछि पार्छ,’ बाइडेनले भने । अमेरिकाका राष्ट्रपति तथा उपराष्ट्रपतिमा निर्वाचित उम्मेदवारहरूले जनवरी २० मा काम थाल्ने व्यवस्था छ । पूर्वप्रथम महिला मिसेल ओबामाले पनि ट्रम्पको आलोचना गर्दै ट्वीट गरेकी छन् । ‘यो कुनै खेल होइन,’ उनले लेखेकी छन् ।

नोभेम्बर ३ मा भएको चुनाव तथा मतदानमा धाँधली भएको भन्दै ट्रम्पले पराजय स्वीकार गरेका छैनन् । चुनावमा बाइडेन ३ सय ६ इलेक्टोरल कलेज मतसहित विजयी भइसकेका छन् । कुल ५ सय ३८ मध्ये ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत मात्र ल्याएका हुन् ।

ट्रम्पले सोमबार बिहान ट्वीट गर्दै आफू चुनावमा विजयी भएको जनाएका थिए । ‘मैले चुनाव जितें,’ उनले लेखेका थिए । ट्रम्पको चुनावी अभियानले विभिन्न राज्यहरूमा गरिएका मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ । राष्ट्रपतीय निर्वाचनपछि संक्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र कमला ह्यारिसलाई आगामी राष्ट्रपति र उपराष्ट्रपतिका रूपमा मान्यता दिइसकेको छैन । जसका कारण उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्य्राटिक पार्टीबाट राष्ट्रपतिमा निर्वाचित बाइडेनका सहयोगीहरूले ट्रम्पद्वारा संक्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडेनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नुभएको बताएका छन् ।

यसैबीच, राष्ट्रपति ट्रम्पको पदमुक्ति तथा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको नियुक्तिका विषयमा भने अमेरिकी गुप्तचर र राष्ट्रिय सुरक्षा निकायहरूमा अन्योल उत्पन्न भएको छ । सत्ता हस्तान्तरणको संक्रमणमा देखिएको यो अन्योल खतरनाक हुन सक्ने डर पनि देखिएको छ । रक्षामन्त्रीसहित पेन्टागनबाट उच्च पदस्थ अधिकारीहरूलाई हटाउनु त्यसको आरम्भ भएको धेरैको मत छ ।

तर केहीले भने ट्रम्पले आफ्नो कार्यकालको अन्त्यतिर आफूले चाहेअनुसारका नीतिगत निर्णय लिन विपक्षमा देखिएकाहरूलाई हटाएको दाबी गर्छन् । कान्तिपुर दैनिकमा खबर छ ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित