गर्दन दुखेको निको पार्न यी योगासनहरू काम लाग्छन्

गर्दन दुखेको निको पार्न यी योगासनहरू काम लाग्छन्

अपन दैनिक
मंसिर ३, २०७७ मा प्रकाशित
१५० पटक पढिएको
गर्दन दुखेको निको पार्न यी योगासनहरू काम लाग्छन्

लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउँछौं होला । अनि त गर्दन दुख्ने र अनेकथरी रोग लाग्ने त भइहाल्छ नि । हामी गर्दनको पीडा निको गर्ने केही योगासनहरूको चर्चा गर्दैछौं । 

बालासन
यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ । 

यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस् । अब शिरलाई जमीनमा पु–याउने प्रयत्न गर्नुस् । आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस् । त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ । नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस् । 

यस स्थितिमा १५–२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस् । 

यो आसन गर्दा गर्दनको पीडा हराउँछ र मन पनि शान्त हुन थाल्छ अनि कम्मर, तिघ्रा र पिडुँलाहरू लच्किलो हुन थाल्छन् । 

मत्स्यासन
यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ ।

यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस् ।

अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस् । 

आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस् । 

जतिबेर यस अवस्थामा रहन सक्नुहुन्छ रहनुस् अनि सामान्य स्थितिमा फर्किनुस् । 

विपरीतकर्णी आसन
यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ ।

यो आसन गर्नका लागि ढाड पल्टाउनुस् । 

आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस् ।

आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस् । 

केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस् । 

यसबाहेक मार्जरी आसन, भुजंगासन र शवासनले पनि पीडा हटाउन मद्दत गर्छन् । 

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित