बंगलादेश र नेपाल बराबरी

बंगलादेश र नेपाल बराबरी

अपन दैनिक
मंसिर २, २०७७ मा प्रकाशित
८९ पटक पढिएको
बंगलादेश र नेपाल बराबरी

काठमाडौं । नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ । अन्तिम समयमा नेपालले पाएको सुनौलो अवसर गुमाउँदा बंगलादेशसँग बराबरी खेलेको हो ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा आज (मंगलबार) भएको खेलमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाउँदा बंगलादेशविरुद्ध जित निकाल्न सकेन । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा पनि गोलरहित बराबरी नै खेल्यो । नेपालले निकै आक्रमक खेलेपनि गोल गर्न भने चुक्यो। एकपछि अर्को आक्रमक खेल खेलेपनि अग्रपंक्तिका खेलाडी चल्न सकेनन् ।

डिफेन्सलाई नेपालले पहिलो खेलको तुलनामा सुधार गरेपनि फरवार्ड र मिडफिल्डका खेलाडी चल्न सकेनन् । खेलको अतिरिक्त समयमा रन्जित धिमालले क्रस पास दिएको बललाई नवयुग श्रेष्ठले हेड गरेको बल बारमा लागेर फर्किएपछि नेपालले अग्रता बनाउने मौका गुमाएको थियो ।

बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, सेसेहाङ आङ्दम्बे र पुजन उपरकोटीले डेब्यु गरे । यसअघि पहिलो खेलमा नेपालका तीन खेलाडीले बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । राष्ट्रिय टिममा विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गरेका थिए। तर पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोलले पराजित भएको थियो ।

नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको हो । यसअघि विश्वकप छनोटको दोस्रो चरणमा नेपालले भुटानमा नोभेम्बर १९ तारिखमा कुवेतसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । त्यसपछि कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेल सर्दै आएको थियो । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल पनि विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको तयारीकै लागि खेलेको हो ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित