अक्षयको पारिश्रमिक दैनिक दुई करोड !

अक्षयको पारिश्रमिक दैनिक दुई करोड !

अपन दैनिक
मंसिर २, २०७७ मा प्रकाशित
१४२ पटक पढिएको
अक्षयको पारिश्रमिक दैनिक दुई करोड !

अक्षयकुमार अहिले बलिउडका सबैभन्दा महंगा अभिनेता हुन् । एकपछि अर्को चलचित्र हिट दिएपछि अक्षयको चर्चा ह्वात्तै बढेको हो ।

हालै अक्षयले अर्को चलचित्र साइन गरेका छन्, जुन चलचित्रको लागि उनले दैनिक दुई करोड पारिश्रमिक लिनेछन् । अक्षयले उक्त चलचित्रका लागि ५० दिन निरन्तर समय दिनुपर्ने भारतीय मिडियाले जनाएका छन् ।

५० दिन निरन्तर छायांकनमा समय छुट्याएका अक्षयले दुई करोड दैनिक पारिश्रमिक लिने शर्तअनुसार उनले यो चलचित्रबाट मात्रै १ सय करोड पारिश्रमिक बुझ्नेछन् ।

चलचित्रलाई मुदस्सर अजीजले निर्माण गर्न लागेका हुन्, जुन चलचित्र पूर्ण कमेडी जनरामा निर्माण हुनेछ ।

अक्षयले लिने पारिश्रमिककै रेटमा चलचित्रका अन्य खर्च भने पुग्नेछ । चलचचित्रको बजेट १ सय ५० करोड छुट्टाइएको जनाइएको छ ।

चलचित्रका लागि डिजिटल र विभिन्न माध्यमबाट प्रदर्शनका लागि अग्रिम ९० करोड हात परिसकेको छ । निर्माण टीम बाँकी बजेट रिकभरका लागि थियटरमा निर्भर रहनेछ

अक्षयका पछिल्ला अधिकांश चलचित्रले थियटरबाट २ सयभन्दा धेरै करोड हात पारिरहेका छन् । यो चलचित्र कहिलेदेखि छायांकनमा जान्छ, त्यो भने अहिले निर्णय भइसकेको छैन ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित