नेपाल प्रहरीमोटरसाइकल चोरीवीरगञ्ज

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट चोरीका चार वटा मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज– ३० प्रसोतिपुर बस्ने २० वर्षीय आकाश यादव र २१ वर्षीय कृष्ण पटेल छन् ।

उनीहरुको साथबाट दुई थान पल्सर मोटरसाइकल, एक/एक थान प्यासन प्रो र आरएक्स यामाहाको मोटरसाइकल बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

दुवै जनाले आफ्नै घर अगाडिको खाली जग्गामा मोटरसाइकल लुकाइछिपाई राखेको अवस्थामा बरामद भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!