भारतीय सेना प्रमुखको नेपाल भ्रमण (सम्पादकीय)

भारतीय सेना प्रमुखको नेपाल भ्रमण (सम्पादकीय)

अपन दैनिक
कार्तिक २१, २०७७ मा प्रकाशित
१०६ पटक पढिएको
भारतीय सेना प्रमुखको नेपाल भ्रमण (सम्पादकीय)

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरभणेलाई नेपाली सेनाको मानार्थ महारथी पदको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक विशेष समारोहमा महारथी दर्जा प्रदान गरिएको हो । 
समारोहमा जनरल नरभणेलाई खड्ग तथा सनदपत्र पनि प्रदान गरिएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सहित दुवै देशका वरिष्ठ अधिकारीहरू सहभागि भएका थिए । 
सात दशकदेखि दुवै देशका सेनाबीच एक–अर्काको सेनाप्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहि आएको छ । महारथी दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल केएम करिअप्पा हुन् भने नरभणे १८औँ हुन् । गत पुसमा भारतका राष्ट्रपति कोविन्दले नयाँदिल्लीमा आयोजित एक समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए । 
सो समारोहपछि जनरल नरभणेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । त्यसपछि प्रधानमन्त्री, नेपाली सेनाको मुख्यालयमा सैनिकलाई स्वास्थ्य सामग्री प्रदान जस्ता काममा सरिक भएका छन् । नेपालवारे चिनसँग नजिकिएको भन्ने टिप्पनी गरेका नरभणेलाई नेपालमा सहभागी नहुनेगरी प्रगतिशिल साहित्यकारहरुको एक समूहले विज्ञप्ती निकालेका थिए ।
नेपालवारेमा गरेको टिप्पनीलाई लिएर भारतीय सेना प्रमुखलाई भ्रमणमा आउन रोक लगाउने उदेश्य रहेको थियो । तर तीन दिने भ्रमणमा भारतीय सेना प्रमुख नेपाल आएर विभिन्न कार्यक्रमा सहभागी भएका छन् । दुवै देशका सेनावीचमा विशेष प्रकारको सम्बन्ध भएकोले भारतीय सेना प्रमुखलाई नेपालवारे टिप्पणी गर्नुअघी विचार पुर्याउनु आवश्यक थियो । नेपाल र नेपालीको अस्मितामा ठेस पुग्ने काम गरिनु हुन्न । राजनीतिक रुपमा आफ्ना दाउ र जालझेल हुन सक्छ । तर दुई देशको सैनिकवीच रहेको विशेष सम्बन्धलाई ख्याल गरी भारतीय सेनाका प्रमुख र उच्च तहका सैनिक अधिकारी बोल्नुपर्ने आवश्यकता छ ।

छापा संस्करण

२०७७ मंसिर २० शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित