सिरहा । कृषि बिकास बैंकको ५ वटा शाखा कार्यालयहरु मार्फत सिरहा जिल्ला भर सरल र सहज तरिका बाट उत्कृष्ट बित्तीय सेवाका साथै ATM, Mobile Banking, Internet Banking, IPS, SMS, Online vftf, QR Code, सेयर कारोवारका लागि C–ASBA, D–MAT, किसान कार्ड र कृषि एप, रेमिटान्स र बैंक जमानत जस्ता अत्याधुनिक सेवाहरु प्रदान हुँदै आईरहेको छ ।
गत आ.व. २०७८/०७८ मा शाखा कार्यलय सिरहाले सम्पूर्ण सुचकांकहरु सकारात्मक लक्ष्य अनुसारको सत प्रतिशत प्रगति हासिल गरि उच्च प्रतिफलका साथ देशै भरिमा तृतीय स्थान राख्न सफल भएको कुरा उक्त कार्यलयका प्रबन्धक अर्जुन ढुंगाना ले गौरवका साथ बताएकाछन् ।
कृषिलाई नछोड्ने अरुलाई जोड्ने निति अवलम्बन गरेको बैंकले ग्रामीण स्तर सम्म सम्पूर्ण सेवा प्रदान गरि साच्चैनै “तपाईं हाम्रो घर आगनको बैंक” भन्ने नारा लाई सार्थक तुल्याएको देखिन्छ । गत आ.व. २०७७/०७८ मा कर्जा लगानी लक्ष्य करिब ११ करोड रहेकोमा शाखा सिरहाले ४२ करोड लगानी बृद्धि गरि हाल सम्म करिब १ अर्व ५० करोड लगानी गरि जिल्लाभर सम्पूर्ण बैंक तथा बित्तिय संस्था भन्दा अगाडि रहेको देखिन्छ । बैंकले नेपाल सरकारको निति तथा कार्यक्रम लाइ तदारुकताका साथ लागु गर्दै यस शाखा बाट १० जना गहक हरुलाई परियोजना आधारित बिना धितो कर्जा दिनुका साथै करिब १८ करोड ब्याज अनदानमा आधारित ब्यावसायिक कृषि तथा पशुपंक्षि कर्जा प्रदान गरि ग्रामिण तथा बिपन्न बर्गको ब्यवसायिक सोच र सिप अनुसारको ब्यवसाय संचालन गर्न टेवा पु¥याएको देखिन्छ । शाखा सिरहाले संबृद्धि परियोजनाको सहकार्यमा ८ जना कृषकलाइ सहुलियत दरको कर्जा प्रवाह गर्नुका साथै यस बर्ष नेपाल सरकार संगको सहकार्यमा IFAD कार्यक्रम मार्फत तरकारी खेती, बाख्रा पालन, माछा पालन, पशुपालन तथा डेरी संचालन कार्यको लागि सहुलियत दरमा २० करोड कर्जा लगानी गर्नुका साथै करिव ५०% लगानी कृषि क्षेत्रमा गरेको शाखा बाट ग्रामिण किसानहरु माझ कृषि सम्बन्धि सेवा सुबिधा र सम्पूर्ण जानकारी पाउने गरि किसान कार्ड र कृषि एप अविलम्ब बितरण गरिने कुरा स्वयं कार्यलय प्रबन्धक ढुंगानाले बताएकाछन् ।
बिगतमा रहेका स–साना जन गुनासाहरु पूर्ण रुपमा समाधान गर्दै हरेक सेवाग्राहिलाई पूर्णत सन्तुष्ट गरि सिरहा बासिको मन मस्तिष्कमा बस्न सफल भएकोमा सिरहा बासि सेवाग्राहिको तर्फबाट मुरी मुरी धन्यवाद दिंदै शाखाको आगामि दिनको सफलताको कामना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!