नेपालमा थप २५ जनाको कोरोनाबाट मृत्यु

नेपालमा थप २५ जनाको कोरोनाबाट मृत्यु

अपन दैनिक
कार्तिक १३, २०७७ मा प्रकाशित
१५३ पटक पढिएको
नेपालमा थप २५ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप २५ जनाको मृत्यु भएको छ ।

काठमाडौंका ७, भक्तपुर , काभ्रे र मोरङका २/२ तथा झापा, सुनसरी, चितवन, दोलखा, सिरहा, सप्तरी, नवलपुर, कास्की, पर्वत, बाग्लुङ, दाङ र कैलालीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जनाएका छन् ।

असन, काठमाडौंकी ४९ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ । उच्च रक्तचाप, थाइराइड र मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई २४ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो भने मुटुमा समस्या भएपछि २७ गते अस्पताल भर्ना भएकी थिइन् ।
घट्टेकुलो, काठमाडौंका ८६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
सीतापाइला, काठमाडौंका ८५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वास र मुुटुको समस्या लिएर ६ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।
न्यूरोड, काठमाडौंका १०० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट र मिर्गौलासम्बन्धी समस्या भएका उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने ९ गते अस्पताल भर्ना भएका थिए ।
रानीवन, काठमाडौंका ६५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । उनी श्वासप्रश्वास र मुटुको समस्या लिएर २८ असोजमा अस्पताल भर्ना भएका थिए ।
चन्द्रगिरी, काठमाडौंका ६२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वास र मुटुको समस्या भएर बुधबार अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए ।
लाजिम्पाट, काठमाडौंका ४५ वर्षीय पुरुषको बुधबार मृत्यु भभएको छ । निमोनिया र शक भएर २९ असोजमा अस्पताल भर्ना भएका उनलाई सोही दिन संक्रमण पुष्टि भएको थियो ।
भक्तपुरका ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मधुमेह, प्रोस्टेट र डिमेन्सियाका बिरामी समेत रहेका उनलाई २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया भएर ८ गते अस्पताल भर्ना भएका थिए ।
भक्तपुरका ५६ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । २ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र शक भएर ४ गते अस्पताल भर्ना भएका थिए । उनमा मधुमेह र मिर्गौलासम्बन्धी समस्या समेत थियो ।
विराटनगर महानगरपालिका-७, मोरङकी ४५ वर्षीय महिलाको बुधबार राति न्यूरो अस्पतालमा मृत्यु भएको छ । ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएका उनी ७ गते अस्पताल भर्ना भएकी थिइन् ।
विराटनगर-३, मोरङका ६५ वर्षीय पुरुषको बिहीबार दिउँसो न्यूरो अस्पतालमा मृत्यु भएको छ । २९ असोजमा कोरोना पोजेटिभ देखिएको उनी ३ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
धुलिखेल नगरपालिका, काभ्रेका ७० वर्षीया महिलाको बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी कोरोना संक्रमण पुष्टि भएर एक साताअघि अस्पताल भर्ना भएकी थिइन् ।
धुलिखेल नगरपालिका, काभ्रेका ५५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको छ । उनी कोरोना संक्रमण पुष्टि भएर तीन दिनअघि अस्पताल भर्ना भएका थिए ।
कन्काइ नगरपालिका- ३, झापाका ६६ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बिहीबार विहान मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका-१२, सुनसरीकी ७५ वर्षीया महिलाको विराट नर्सिङहोममा मृत्यु भएको छ । उनी ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् भने ९ गते कोरोना पोजेटिभ देखिएको थियो ।
खैरहनी, चितवनका ७३ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । निमोनिया भएर २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
दोलखाका ३० वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । कलेजोको समस्या लिएर ४ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेह, प्रोस्टेट र डिमेन्सियाका समेत बिरामी थिए ।
सुखीपुर नगरपालिका–८, सिरहाका ७० वर्षीय पुरूषको बिहीबार प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको छ । उनी ज्वरो र रुघाखोकी लागेर सास फेर्न कठिन भएपछि ३ कात्तिकमा अस्पताल भर्ना भएका थिए भने ४ गते संक्रमण पुष्टि भएको थियो ।
मौली- ५, सप्तरीका ६० वर्षीय पुरुषको बिहीबार सप्तरीको मृत्यु भएको छ । ११ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
गैंडाकोट–२, नवलपुरका ५४ वर्षीय पुरुषको मंगलबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१३, कास्कीकी ३६ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पतालमा भर्ना भएकी थिइन् ।
कुश्मा नगरपालिका–६, पर्वतका ५५ वर्षीय पुरुषको चरक मेमोरियल अस्पताल, पोखरामा मृत्यु भएको छ । १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा कोभिड निमोनियाका साथै हाइपरटेन्स र रेस्पेरेटरी फेलियरको समस्या थियो ।
गलकोट-३, बाग्लुङका ७२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा बिहीबार मृत्यु भएको छ । उनलाई ८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राप्ती गाउँपालिका-१, दाङका ६५ पुरुषको बिहीबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–२, कैलालीकी ५७ वर्षीया महिलाको बिहीबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । निमोनिया भएर १० कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
*अपडेट

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित