विराटनगरमा थप ५ जनाको कोरोनाबाट मृत्यु

विराटनगरमा थप ५ जनाको कोरोनाबाट मृत्यु

अपन दैनिक
कार्तिक १३, २०७७ मा प्रकाशित
९९ पटक पढिएको
विराटनगरमा थप ५ जनाको कोरोनाबाट मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगरमा थप पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोम (विराटनगर अस्पताल)मा दुई, न्युरो अस्पतालमा दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो ।

विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका– १२ की ७५ वर्षीया महिला र सप्तरीको मौली– ५ का ६० वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको हो । धरानकी वृद्धा महिला ५ कात्तिकमा अस्पताल भर्ना भएकी थिइन् । उनलाई ९ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । त्यस्तै सप्तरीका पुरुषमा १२ कात्तिकमा कोरोना पाजेटिभ देखिएको थियो । उनी ११ कात्तिकमा उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । दुवै जनामा श्वासप्रश्वासको समस्या रहेको अस्पतालले बताएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको छ । अस्पतालका फोकल पर्सन अजित बस्नेतका अनुसार विराटनगर महानगरपालिका– ७ की ४५ वर्षीया महिला र विराटनगर ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगर– ३ का पुरुषको बिहीबार दिउँसो करिब २ बजे मृत्यु भएको हो भने विराटनगर-७ की महिलाको बुधबार राति मृत्यु भएको थियो ।

३ कात्तिकमा न्युरो भर्ना भएका विराटनगर-३ का पुरुषमा २९ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ७ कात्तिकमा भर्ना भएकी विराटनगर – ७ की महिलामा ६ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा झापाको कनकाई नगरपालिका– ३ सुरुङगाका ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । बुधबार बेलुका भर्ना भएका पुरुषको सोही दिन बिहीबार बिहानको राति मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित