भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा ५ जना नेपाली पक्राउ

भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा ५ जना नेपाली पक्राउ

अपन दैनिक
कार्तिक ११, २०७७ मा प्रकाशित
१२९ पटक पढिएको
भारतको हैदरावादमा लुटपाट गरेको आरोपमा ५ जना नेपाली पक्राउ

काठमाडौं । एक व्यापारीको घरमा लुटपाट गरेको आरोपमा भारतको हैदरावादबाट एक महिलासहित ४ जना नेपाली नागरिकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुको साथबाट १७ लाख रुपयाँ जफत गरेको स्थानीय प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले १९ अक्टोबरमा एक व्यापारीको घरमा लुटपाट गरेर भागेको त्यहाँको प्रहरीले जनाएको छ ।

उनीहरुलाई दुई दिनअघि उत्तर प्रदेशको लखनउबाट हिरासतमा लिई हैदरावाद लगिएको छ । उनीहरुमध्ये दुई जना सो घरमा नै काम गर्ने गरेको समेत प्रहरीले उल्लेख गरेको छ । उनीहरुले १८ तोला सुन र ४० तोला चाँदी र १० लाख रुपयाँ चाँदी लुटेका थिए । उनीहरु नेपाल फर्कदै गर्दा लखनउको रेलवे स्टेसनबाट पक्राउ गरिएको हो ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित