जब पाचन प्रणाली गडबड हुन्छ

जब पाचन प्रणाली गडबड हुन्छ

कसरी राख्ने त पाचन यन्त्रलाई स्वस्थ ?

अपन दैनिक
कार्तिक ११, २०७७ मा प्रकाशित
१४८ पटक पढिएको
जब पाचन प्रणाली गडबड हुन्छ

जब हाम्रो पाचन यन्त्र खराब हुन्छ वा खाएको पच्दैन तब शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ । यस्तो कुरा कसरी पनि थाहा पाइन्छ भने, शरीर दुर्गन्धित हुन्छ । पसिना वा शरीरको कुनै भाग दुर्गन्धित हुन्छ । यसबाट बुझ्नुपर्छ, पाचन यन्त्र खराब छ ।

छालाको समस्या– पाचन यन्त्र कमजोर हुँदै गएपछि त्यसको असर छालामा देखापर्छ । छालामा विभिन्न किसिमको समस्या देखापर्छ । पाचन यन्त्र राम्रो भएमा छालामा चमक देखिन्छ, दाग धब्बा देखिदैन, चाहुरिपन देखिदैन । तर, पाचन यन्त्र खराब भएपछि यी समस्याहरु एकमुष्ठ देखापर्छ ।

सासको दुर्गन्ध– सास गन्हाउने समस्या धेरैको हुन्छ । मुख तथा दाँतको सरसफाई राम्ररी नगर्दा मुख गन्हाउँछ । तर, पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ । यदि ब्रस गरेर वा मुखको सरसफाई गर्दा पनि सास गन्हाउँछ भने, पेट खराब छ ।

कपाल झर्ने– कपाल झर्ने कारण त अनेक हुन्छ । तर, त्यसमध्ये एक हो पेटको खराबी पनि । जब पाचन यन्त्र खराब हुन्छ, शरीरलाई आवश्यक पोषकतत्वको अभाव हुन्छ । त्यसको असर कपालमा पनि पर्छ ।

नङ कमजोर हुने– लामो समयसम्म पाचन यन्त्र खराब भएमा त्यसको असर शरीरका साथसाथै नङमा पनि पर्छ । जब पाचन यन्त्र खराब हुन्छ, शरीरको अपशिष्ट पदार्थ बाहिर निस्कन पाउँदैन । यसको कारण केही समस्या देखिन्छ । त्यसमध्ये नङ टुक्रिने, कमजोर हुने पनि एक हो ।

कसरी राख्ने त पाचन यन्त्रलाई स्वस्थ ?

पाचन यन्त्रलाई स्वस्थ राख्नका लागि खानपान, जीवनशैली सबै कुरामा ध्यान दिनुपर्छ । यदी पाचनयन्त्र बलियो भयो भने, जे जति खानेकुरा खाइन्छ राम्ररी पच्छ । ति खानेकुरामा भएको पोषक तत्व शरीरले ग्रहण गर्छ । शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।

पाचन यन्त्र स्वस्थ एवं बलियो बनाउनका लागि सबैभन्दा मूख्यतः खानपानमा ध्यान दिनुपर्छ । गरिष्ठ भोजन गर्नु पाचन यन्त्रको लागि राम्रो हुँदैन । अर्थात मरमसला प्रयोग गरिएको, तेलमा तारिएको, मासुजन्य, दुधजन्य परिकार पेटको लागि बोझिलो बन्छ । प्रशोधित खानेकुरा पनि पेटको लागि उपयुक्र हुँदैन । यस्ता खानेकुरा नियन्त्रण गर्नुपर्छ । सुपाच्य अर्थात सजिलै पचाउन सकिने खानेकुरा सेवन गर्नुपर्छ । सागपात, मुला, फलफूल जस्ता फाइबरयुक्त खानेकुराले पेटलाई सफा राख्छ । बलियो बनाउँछ ।

त्यस्तै पाचन यन्त्रलाई बलियो बनाउनका लागि शरीरलाई पनि सक्रिय राख्नुपर्छ । कतिपय व्यायाम तथा योगासनले पाचन यन्त्रलाई प्रत्यक्ष असर गर्छ ।

– खाने तालिका अनुसार ठीक-ठीक समयमा मात्र खाने गरौं । जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ ।

–  खानेकुरा त्यतीमात्र खानुपर्छ, जति शरीरलाई आवश्यक छ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खाएर पेट भारी हुन्छ ।

–  खाना खाएको बेला आरमसँग बस्नुहोस् । सहि मुद्रामा बस्नुहोस् । यसले तपाईको पाचन यन्त्रले ठीक ढंगले काम गर्छ ।

– फाचन फायरलाई उत्तेजित तुल्याउनुहोस् । अर्थात एक टुक्रा अदुवा लिनुहोस्, त्यसमा कागतीको रस मिसाउनुहोस् । थोरै नुन पनि हाल्नुहोस् । यसले तपाई जतिपनि गरिष्ठ एवं भारी भोजन गर्नुहुन्छ, सजिलै पच्छ ।

– आयुर्वेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सहि र नियमित दिनचर्या पालना गर्नुपर्छ । विशान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ ।

– राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन । राती हल्का भोजन गर्नुहोस् । बिहान पौष्टिक खानेकुरा लिनुहोस् ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित