१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

अपन दैनिक
कार्तिक ११, २०७७ मा प्रकाशित
२३८ पटक पढिएको
१२ कक्षाको परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ अनिवार्य

काठमाडौं । एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ ।

परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ/संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नुपर्दछ ।  यस पटक कोरोनाका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा २/२ मिटर कायम गर्नुपर्दछ । एउटा कक्षामा २० भन्दा बढी विद्यार्थी समेत राख्न पाइदैन ।

कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सुरु गर्ने गरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट प्राप्त अंकबाट जोडिने बोर्डले जनाएको छ ।

कोरोना संक्रमित विद्यार्थीले परीक्षण रिपोर्ट नेगेटिभ आएपछि परीक्षाको छुट्टै व्यवस्था गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित