अनिरुद्र ठाकुर
देशमा गणतन्त्र स्थापना भइ सके पछि राज्यको पुनः संरचना भयो र देश ७ प्रदेश र ७७ जिल्लामा विभाजित भएको मध्ये १२२८ वर्ग किलो मिटरमा फैलिएको १७ स्थानीय निकायका एक सिरहा जिल्ला हो । जहाँको अर्थ व्यवस्था कृषिमा आधारित छ । कृषिमा विकास हुनु पर्छ यो त केवल नारामा सिमित छ । आकाशे खेतीको भरमा सिरहाको कृषक ५५ प्रतिशत जगामा मात्र धान रोप्न पाएका छन् । मनसुन आएको वितिकै अविरल वर्षा र वाढीको अनियन्त्रित चापमा कृषकको विपतमा अवस्था सोचनीय छ । आवश्यक चाहिने खाद्यन्न पनि उत्पादन हुन सक्नुमा आश छैन् अर्को तिर मानवीयकृत आपदको पनि न्युनिकरण हुन सकि रहेको छैन । धान मात्र होइन मकै र कोदो वालीको अवस्था पनि यस्तै छ । जसले गर्दा सिरहाका कृषकले खाद्यान्नमा आत्म निर्भर हुन् सक्छु भने कोरा कल्पना मात्र हो ।
खाद्यान्नमा आत्मनिर्भर बन्न कृषि उत्पादनमा वृद्धि हुनु पन्यो । कृषि उत्पादन बृद्धि गर्न उत्पादकत्वमा बृद्धि हुनु पर्दछ । बाली लाग्ने जगाको क्षेत्रफल विस्तार गर्नु पर्छ । खास गरिकन धान उत्पादनमा तराइवाट ० प्रतिशत पुर्ति गर्दछ । तर अंशवण्डा र घरेरी व्यवसायको नाममा जग्गाको खण्डिकरण बढदै गएको छ । एका तिर वर्षा र बाढीले बाली उत्पादनमा प्रत्यक्ष असर परेको छ विगतका केही वर्षमा ३० हजार हेक्टर जमीन वाँझो रहेको तथ्याङ्क आएको थियो । बालीको कुल उत्पादन बालीको उत्पादकत्व बढाउनु पर्छ । विश्वमा नै हाम्रो देशमा उत्पादकत्वको निम्न अवस्था छ । २ हजार ७ सय के.जी. प्रति हेक्टर मात्र छ अतः तराइमा आकाशे खेती न्युन गर्न सिचाइमा विकास हुनु आवश्यक छ । यहाँ त डीप वोर्डिङ्ग, र पम्पसेट लगायतका कृषि योजना बनाइनु पर्नेमा गत आर्थिक वर्षमा राजनैतिक दाउपेचमा सिरहामा विकाश गर्न आएको संघीय प्रतिनिधिको कोष खर्च हुन सकेन । उन्नत विउः र मलका उपलव्धता सहज छैन् । वाली संरक्षण बिज्ञहरुको भनाइमा विउ मात्र परिवर्तन भए २० प्रतिशत तरकारी बालीमा बृद्धि हुन्छ । नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित छन् भने ७ प्रतिशत संग ०.८ हेक्टर भन्दा पनि कम खेती योग्य जमीन छ, जसले गर्दा यहाँको कृषि पेशा साना किसान, गरीब ऋण लिन तथा लगानी गर्न न सक्नेले गर्ने व्यवस्था बनेको छ ।
तसर्थ कृषिमा बिकास गर्न साना किसानलाई रोजगारीको अवसर सिर्जना गर्ने नीति अबलम्बन गर्नु पर्छ । बैंकहरुवाट सहुलियत दरको व्याजमा कृषि कर्जा सहज भए मात्र कृषि बिकास हुन सक्छ ।