सिरहाली जनताके मुरी नै गोत परतै : मन्त्री श्रेष्ठ

सिरहाली जनताके मुरी नै गोत परतै : मन्त्री श्रेष्ठ

पूर्वाधार निर्माणमा विशेष जोड दिने ।

अपन दैनिक
कार्तिक ६, २०७७ मा प्रकाशित
४६२ पटक पढिएको
सिरहाली जनताके मुरी नै गोत परतै : मन्त्री श्रेष्ठ

सिरहा । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले सिरहाली जनताको शिर निहुराउने कार्य नगर्ने बताएका छन् ।
जिल्ला समन्वय समिति सिरहाले मन्त्री श्रेष्ठको स्वागतमा राखेको कार्यक्रममा उनले भने, ‘सिरहाली जनताके मुरी नै गोत नै परतै (सिरहाली जनताले शिर निहुराउनु पर्दैन् ।) ।’
‘मैले प्रधानमन्त्रीजीलाई भनेको छु तपाईको नेतृत्वको सरकार सफल बनाउन आएको छु,’ मन्त्री श्रेष्ठले भने,‘म पूरै इमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्छु । तपाईहरु ढुक्क हुनुस् ।’
आफूलाई मन्त्री पदमा बसेर रुपैयाँ कमाउने लोभ नभएको प्रष्ट पार्दै मन्त्री श्रेष्ठले भने,‘ईमान्दारीपूर्वक काम गर्छु ।’
यस्तै मन्त्री श्रेष्ठले जिल्लामा पूर्वाधार निर्माणमा तिव्रता ल्याउने गरी बजेट व्यवस्थापन, समन्वयमा लागेको बताएका छन् । जमदह–लगदी गदियानी सडकको राष्ट्रिय राजमार्गमा जोड्न १ अब ३० करोडमा ठेक्का लागेको, सदरमुकाम सिरहा–चोहर्वा–मिर्चैयादेखि सोलुसम्मको सडक निर्माण गर्न विश्व बैंकसँग थप छलफल भैरहेको, सिरहा सदरमुकाममा ३० करोडमा १५ किलोमीटर सडक निर्माण कार्य, ठाँडी–लहान–कदमाहा गाईघाटसम्मको सडक, वस्तीपुरदेखि मदनभण्डारी राजमार्गमा छुने सडक बनाउने कार्य अगाडी वढेको मन्त्री श्रेष्ठले बताए ।IMG_9550
आफ्नै पालामा जेष्ठ नागरिकको भत्ता ५ हजार पुर्याउने बताउँदै आएका मन्त्री श्रेष्ठले धेरै कुरा बुझ्न बाँकी रहेकोले बताए । महिला, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा देश र विदेशका विज्ञहरु, दातृ संस्थाहरुसँग दशैंपछि परार्मश गरिन लागेको बताए ।IMG_9582
जिल्ला समन्वय समितिमा आयोजित स्वागत कार्यक्रममा आफूसँग कमीकमजोरी भएमा सुधार गर्न सुझाव दिन नेता कार्यकर्तालाई मन्त्री श्रेष्ठले आग्रह गरेका छन् । उनले भने,‘कमी कमजोरी भेला पऽ राईस बइन कऽ तानब ।’
सिरहा जिल्लामा अन्य मन्त्री भन्दा कम बजेट नआउने भन्दै उनले बजेटको चिन्ता नगरी स्थानीय सरकारहरुले काम गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताए । सिरहा जिल्लाका स्थानीय तहहरुले बजेट कार्यान्वयनमा कमजोरी गरेपछि फ्रिज हुने अवस्था आएको भन्दै मन्त्री श्रेष्ठले जिल्लाको विकासमा स्थानीय सरकारलाई जुट्न आग्रह गरेका छन् ।hemnarayan_lilanath
जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले सिरहा जिल्लामा कुपोषित बालबालिकाको संख्या धेरै भएकोले त्यस अनुसारको योजना बनाउन मन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् । जिल्ला समन्वय समितिका सभापति ठाकुर, उपसभापति सरोज कुमार यादव, समन्वय अधिकारी सुजित कुमार यादव लगायतले फूलमालाले स्वागत गरेका थिए । त्यस अगाडी मन्त्री श्रेष्ठले हेमनारायण चौकमा रहेको सहिद यादवको शालिकमा माल्यापर्ण गरेका थिए । शहिद यादवको शालिकमा माल्यापर्ण गर्न पुगेका बेला मन्त्री श्रेष्ठलाई पूर्व सभासद आशादेवी यादवसँगै जिल्लाका नेकपाका नेता कार्यकर्ताले फूलमालाले स्वागत गरेका थिए ।  
यता गृह जिल्ला सिरहा पहिलो पटक आईपुगेका उनलाई विभिन्न स्थानमा फूलमालाले स्वागत गरेको छ । सिरहाको बन्दीपुर, चोहर्वा, भलुवाहीमा पनि पार्टीका नेता कार्यकर्ताले भव्य स्वागत गरेको छ ।
चोहर्वामा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल लगायतले स्वागत गरेका थिए ।IMG_9487 IMG_9497

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित