कोरोनाको अर्को खतरनाक लक्षण

कोरोनाको अर्को खतरनाक लक्षण

एजेन्सी
कार्तिक ६, २०७७ मा प्रकाशित
२१३ पटक पढिएको
कोरोनाको अर्को खतरनाक लक्षण

कोरोना भाइरसका नयाँ नयाँ लक्षणहरू देखिन थालेका छन् । 

बेलायतको नेसनल हेल्थ सर्भिसले शुरूमा कोरोनाको प्रमुख लक्षण सुक्खा खोकी र ज्वरो हो भनेको थियो । तर अब अर्को लक्षण पनि देखिन थालेको छ । 

विज्ञहरूले दाबी गरेअनुसार, कोरोना संक्रमितलाई बोल्न पनि समस्या हुने गरेको छ । 

विश्व स्वास्थ्य संगठनका स्वास्थ्यविद्हरूले कोरोना पोजिटिभ मानिसलाई बोल्न नै समस्या हुन्छ । यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । 

विज्ञहरूले भने, ‘कोरोनाका सबै रोगीलाई बोल्न र संवाद गर्न समस्या आएको हैन । अन्य लक्षण जस्तै यो लक्षण पनि लुकेको हुन सक्छ वा ढिलो गरी आएको हुन सक्छ । तर कुनै मानिसमा यो लक्षण देखिएमा एकदमै सावधान हुनुपर्छ ।’

बोल्न गाह्रो हुनु भनेको शारीरिक वा मनोवैज्ञानिक समस्याको संकेत पनि हुन सक्छ । यसअघि जिभ्रोले स्वादको चाल नपाएको लक्षण पनि देखिएको थियो । 

अघिल्लो साता अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयका अनुसन्धाताहरूले कोरोना रोगीहरूमा साइकोसिस नामक खतरनाक मानसिक रोगको समस्या पनि देखिएको बताएका थिए । अनुसन्धानमा संलग्न डा एली ब्राउनले कोभिड–१९ का कारण मानसिक तनावको खतरा बढ्ने बताएका थिए । 

साइकोसिसले गर्दा नै कोभिड–१९ का रोगीहरूलाई बोल्न, सुन्न र स्वाद चाख्न गाह्रो पर्ने चिकित्सकहरूको भनाइ छ ।

 एक्सप्रेस डट् को डट् युकेबाट

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित