कोलकाता ८४ रनमै सीमित, बैंग्लोरको सहज जित

कोलकाता ८४ रनमै सीमित, बैंग्लोरको सहज जित

अपन दैनिक
कार्तिक ५, २०७७ मा प्रकाशित
१५१ पटक पढिएको
कोलकाता ८४ रनमै सीमित, बैंग्लोरको सहज जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको हो ।

८५ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको बैंग्लोरले १३.३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो। बैंग्लोरका लागि देवदुत्त पाडिकलले २५, गुर्किरत सिंहले अविजित २१, कप्तान विराट कोहलीले अविजित १८ र आरोन फिन्चले १६ रन बनाए । सामान्य लक्ष्य पछ्याएको बैंग्लोरलाई जित निकाल्न कठिन भएन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा आठ विकेटको क्षतिमा ८४ रन मात्रै बनायो । कोलकाताका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । तीन रन हुँदा तीन विकेट गुमाएको कोलकाताका लागि कप्तान इयोन मोर्गनले ३०, लकी फर्गुसनले अविजित १९ र कुलदीप यादवले १२ रन बनाए । बलिङतर्फ बैंग्लोरका सबै बलरले किफायती बलिङ गरे । मोहम्मद सिराजले चार ओभरमा दुई मेडनसहित आठ रन खर्चिएर तीन विकेट लिए। त्यस्तै, युजभेन्द्र चाहालले दुई विकेट लिए ।

यो जितसँगै बैंग्लोर आइपिएलको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । १० खेलबाट सात खेलमा जित र तीन खेलमा हार ब्यहोरेको बैंग्लोरको १४ अंक छ। पराजित कोलकाता भने चौथो स्थानमा छ। कोलकाताको १० खेलमध्ये पाँच खेलमा जित र पाँच खेलमा हारसहित १० अंक छ । लिगको शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको भने १० खेलबाट १४ अंक नै छ । तर नेट रनरेटमा बैंग्लोरभन्दा दिल्ली अघि छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित