वायु प्रदूषणले कोरोना संक्रमणको जोखिम उच्च : अध्ययन

वायु प्रदूषणले कोरोना संक्रमणको जोखिम उच्च : अध्ययन

अपन दैनिक
कार्तिक ४, २०७७ मा प्रकाशित
१३२ पटक पढिएको
वायु प्रदूषणले कोरोना संक्रमणको जोखिम उच्च : अध्ययन

नयाँ दिल्ली । पछिल्लो दुई सातामा राजधानी नयाँ दिल्ली र उत्तरी सहरहरुमा वायु प्रदुषणको अवस्था निरन्तर बिग्रिँदै गएको छ । 

यो कोरोना भाइरसविरुद्धको भारतको लडाईंका लागि सुखद समाचार होइन । विभिन्‍न अध्ययनहरुले वायु प्रदुषणले करोना भाइरसको संक्रमण र संक्रमितको मृत्यु अवस्थालाई थप उच्च बनाउने देखाएका छन् । 

हार्वर्ड विश्वविद्यालयले गरेको अनुसन्धानमा वायुमा हुने खतरनाक प्रदूषित कण (पीएम २.५) को मात्रा प्रति घनमिटरमा एक माइक्रोग्राम मात्रै वृद्धि भएमा पनि कोरोना भाइरसबाट हुने मृत्युदरमा आठ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

यस्तै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अर्को अनुसन्धानमा प्रदूषित वायु रहेको क्षेत्रका बासिन्दा र उनीहरुमा कोरोना भाइरसको संक्रमणको गम्भीरताबीच सम्बन्ध रहेको पाइएको छ ।

कोरोना भाइरसको संक्रमणका सम्बन्धमा नाइट्रोजन अक्साइड, कारसहितका सवारी साधानबाट निस्कने धुवाँ तथा इन्धन जलाउँदा निस्कने धुवाँका कारण जमिनको तहमा रहेको ओजोन सबैभन्दा घातक रहेको पाइएको छ ।

यस्तो प्रदूषित वायुले कोरोना भाइरसका कारण हुने संक्रमणलाई थप गम्भीर बनाउने अनुसन्धान सहयोगी मार्को ट्राभाग्लिओले बीबीसीसँग बताएका छन् ।

दिल्लीमा पछिल्लो साताहरुमा पीएम २.५ को स्तरमा रहेको र जसमा १८०-३०० माइक्रोग्राम प्रति घनमिटर हुने गरेको पाइएको छ । यो विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षाको मापदण्डको १२ गुणा बढी हो ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै जारी गरिएको लकडाउनका कारण दिल्लीसहित विश्वका अन्य प्रदूषित सहरका बासिन्दाले स्वच्छ हावाबाट श्वास लिन पाएका थिए । तर लकडाउन खुलेसँगै पुनः प्रदूषण बढेको हो ।श्री चन्द्र नमूना (प्राविधिक) माध्यमिक विद्यालय, स

भारतमा वायु प्रदूषण र कोरोना भाइरस संक्रमण तथा त्यसबाट हुने मृत्युका सम्बन्धमा केन्द्रित भएर भएको अनुसन्धानको प्रतिवेदन भने सार्वजनिक हुन बाँकी छ । तर, चिकित्सक तथा सरुवा रोग विज्ञहरुले विगत लामो समयदेखि प्रदूषित वायुले कोरोना भाइरस विरुद्धको भारतको युद्धलाई प्रभावित गर्ने चेतावनी दिँदै आएका छन् । - बीबीसी

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित