बलात्कार विरुद्धको प्रर्दशन (सम्पादकीय)

बलात्कार विरुद्धको प्रर्दशन (सम्पादकीय)

अपन दैनिक
कार्तिक ३, २०७७ मा प्रकाशित
६८ पटक पढिएको
बलात्कार विरुद्धको प्रर्दशन (सम्पादकीय)

देशमा दैनिक रुपमा महिलामाथि हुने हिंसाका घटनाहरु सार्वजनिक भैरहेको छ । बलात्कारजन्य अपराधले प्रशय पाईरहँदा स–साना बच्चादेखि जेष्ठ नागरिकसम्म यसको चपेटामा परेको छ । समाजले बलात्कारजन्य जघन्य अपराधलाई लुकाउने कोसिस गर्दै आएका छन् । जसले गर्दा यस्ता घटनामा संलग्न हुनेको मनोबल उच्च रहने र दोहोर्याएर यस्ता कुकृत कार्यमा संलग्न हुने गरेको छ ।
देशको कानुनले बलात्कारजन्य अपराध प्रमाणित भएमा कानुनी सजायको प्रावधान गरेको छ । मुलुकी फौजदारी संहिताले बलात्कारजन्य फौजदारी अभियोग प्रमाणित भएमा सजायको प्रावधान गरेपनि अझैं रोकिन सकेको छैन् । बलात्कारजन्य अपराध कसरी रोक्न सकिन्छ ? कानून सजायको प्रावधानले मात्र यो सम्भव छ ? हुन्त विश्वमा बलात्कारजन्य अपराधमा संलग्नलाई सजायका विभिन्न प्रावधान राखिएको छ । विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतमै मृत्युदण्डसम्मको सजाय छ । हाम्रोमा के गरिनुपर्छ ?
बलात्कारजन्य अपराध वढेको वढैछ ।  यसलाई कानूनी पाटोबाट रोक्न एक प्रयास जारी छ । तर त्यसले मात्र पुग्दैन् । गाउँ समाजमा बलात्कारजन्य घटना लुकाउन रुपैयाँको मोलमलाई हुन्छ । पंचायत गरिन्छ  र त्यसमै पीडितलाई जबरजस्ती मिलाउने प्रयत्न हुन्छ । यो गम्भीर अपराध हो । बलात्कारजन्य अपराधकर्मलाई संलग्नलाई समाजले बहिस्कार गर्नुपर्छ । आफ्नो होस् या पराय बलात्कारजन्य घटनामा संलग्नको पक्षपोषण गर्नु भएन् । यसमा समाजिक उत्तरदायित्वको अत्यन्त खाँचो छ । 
सिरहामा युवाहरुले बलात्कार विरुद्ध प्लेकाड सहित प्रर्दशन गरेको छ । कालो टि–शर्ट, टाउँकोमा कालोपट्टी बाँधेर गरेको प्रर्दशन स्पष्ट संकेत हो । यसलाई समाजका प्रत्येक अंगले बुझ्नु पर्छ । नारीलाई असुरक्षित बनाउने कुनैपनि कार्यलाई बन्देज लगाउनु जरुरी छ । युवाहरुको राज्य र समाजलाई देखाउन खोजेको संकेतलाई बुझ्नुपर्छ । र बलात्कारजन्य गम्भीर अपराधमुक्त समाजको परिकल्पनालाई यर्थातमा देखाउनुपर्छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित