नवरात्रमा नारी शक्तिको आराधना (सम्पादकीय)

नवरात्रमा नारी शक्तिको आराधना (सम्पादकीय)

अपन दैनिक
कार्तिक २, २०७७ मा प्रकाशित
९७ पटक पढिएको
नवरात्रमा नारी शक्तिको आराधना (सम्पादकीय)

एक महिने लामो मलमास सकिएको छ । तीन वर्षमा आउने मलमासको कारणले यस वर्षको नवरात्र एक महिना ढिला सुरु भएको छ । 
शक्तिको पूजापाठ गरिने नवरात्रमा यस वर्ष कोरोनाको कहरले प्रभाव पारेको छ । शक्तिपीठहरुमा नित्य पूजा बाहेक अन्य कुनैपनि कार्य नगर्न स्थानीय प्रशासनले रोक लगाएको छ । कोरोनाको संक्रमणको बेलामा वढी भीडभाड हुँदा शक्तिपीठहरुमा जोखिम बढ्ने अनुमान सहित नित्य पूजा बाहेक समान्य क्षमा पूजा गर्न स्थानीय प्रशासनको आग्रह छ । 
दैनिक रुपमा महिलामाथि हुने हिंसा र बलात्कारको घटना बढ्दै गएको छ । हिंसाका घृणित रुपहरु सार्वजनिक भएका छन् । स–साना बालबालिकादेखि जेष्ठ नागरिक बलात्कारको शिकार भएका छन् । नारी शक्तिको आराधना गरिने भएपनि नारीमाथि हुने हिंसाले अनेक प्रश्न उठान गरेको छ । नारी शक्तिको पूजा पुग्छ र ? वर्षमा ठूलो तामझाँमका साथ हुने नवरात्र उत्सवको अन्तरवस्तु बुझ्नु जरुरी छ । 
एकातिर नारीमाथि चरम हिंसा र यातना दिने र अर्को तिर तामझाँमका साथ पूजाको ढोङ गरेर कस्तो समाजको चरित्र देखाउन खोजिदैछ ? के हामी यसलाई गहिरो तवरले मनन गर्न सकेका छौं त ? नारी शक्तिको पूजा गर्दा नारीमाथि हुने अत्याचार रोकिनुपर्छ । नवरात्रको हेरक दिन गरिने पूजाले पनि यस कुराप्रति मनमा भाव प्रकट गर्न सकोस् । नारीमाथि हुने हिंसा र बलात्कार जस्ता जघन्य अपराध रोक्न शक्ति प्रदान होस् । नवरात्रको अवसरमा यही शुभकामना ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित