कृत्रिम गर्भाधानबाट जन्मियो शिशु

कृत्रिम गर्भाधानबाट जन्मियो शिशु

रासस
कार्तिक १, २०७७ मा प्रकाशित
३९ पटक पढिएको
कृत्रिम गर्भाधानबाट  जन्मियो शिशु

चितवन । चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो । 

अस्पतालका प्रसुति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् ।

डा. ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माइएको जिकिर गरिन् । 

प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, डा आशुदीप शर्मा, प्रा डा गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता  मिलेको अस्पतालले जनाएको छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित