दिल्लीको नौँ खेलमा पनि सन्दीपले पाएनन् मौका

दिल्लीको नौँ खेलमा पनि सन्दीपले पाएनन् मौका

अपन दैनिक
कार्तिक १, २०७७ मा प्रकाशित
७२ पटक पढिएको
दिल्लीको नौँ खेलमा पनि सन्दीपले पाएनन् मौका

एजेन्सी ।  युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ ।

सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ ।

दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार नवौं खेलमा बेन्चमै छन् ।

दिल्ली ८ खेलमा ६ जितसहित १२ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ ।  चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लने  दिल्लीको लक्ष्य छ । यस्तै चेन्नई भने चौंथो जितको खोजीमा रहेको छ ।  यसै सिजनको पहिलो भेटमा दिल्लीसँग ४४ रनले पराजित आजको खेलमा बदला लिने चाहन्छ । चेन्नई ८ खेलमा ६ अंक जोडेर अंकतालिको छैटौं स्थानमा रहेको छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित