कोभिड–१९ का कारण समस्यामा परेका अफ्रिकन खेलाडीलाई आर्थिक सहयोग

कोभिड–१९ का कारण समस्यामा परेका अफ्रिकन खेलाडीलाई आर्थिक सहयोग

अपन दैनिक
कार्तिक १, २०७७ मा प्रकाशित
७२ पटक पढिएको
कोभिड–१९ का कारण समस्यामा परेका अफ्रिकन खेलाडीलाई आर्थिक सहयोग

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा दैनिक जनजीविका कष्टकर बन्दै गएको छ । यसबाट अछुतो छैन खेलकुद क्षेत्र पनि । खासगरी नेपालका विभिन्न क्लबबाट खेल्ने विदेशी खेलाडीहरु यसको सोझो मारमा परेका छन् । थुप्रै खेलाडीको खानेबस्ने मेलो त हराएको छ नै, आफ्नो मुलुक फर्कने खर्च समेत अभाव छ ।

यसैबीच खर्च अभावको कारण दैनिकी धान्नै गाह्रो भइरहेका अफ्रिकन मुलुकका फुटबल खेलाडीहरुलाई स्थानिय युवाहरुको अग्रसरतामा आर्थिक सहयोग गरिएको छ । अमेरिकामा गो फन्ड मि अनलाइन र गोर्खा च्यारिटी फुटबलबाट संकलित तीन लाख रुपैयाँ अफ्रिकन खेलाडीहरुलाई वितरण गरिएको दीपक राईले बताए ।

एक अनौपचारिक कार्यक्रम गरेर २५ जना अफ्रिकन खेलाडीलाई उक्त रकम हस्तान्तरण गरिएको हो । राइका अनुसार सहयोग रकम प्रलयराज भण्डारीले संकलन गरेका हुन् । प्रलयराज भण्डारी पूर्व राष्ट्रिय खेलाडी हुन् ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित