यात्रु सहजतामा यात्रु सहायकता कक्ष (सम्पादकीय)

यात्रु सहजतामा यात्रु सहायकता कक्ष (सम्पादकीय)

अपन दैनिक
कार्तिक १, २०७७ मा प्रकाशित
३९२ पटक पढिएको
यात्रु सहजतामा यात्रु सहायकता कक्ष (सम्पादकीय)

सिरहामा चाडपर्व लक्षित गरी सार्वजनिक यातायातमा हुने ठगीलाई रोक्न यात्रु सहायता कक्षको स्थापना गरिएको छ । चाडपर्वको बेला सार्वजनिक यातायात म्याजिक भ्यान, टेम्पो, बस लगायतमा यात्रुसँग जबरजस्ती रुपमा वढी भाडा असुल्ने कामलाई निस्तेज पार्ने अभिप्रायका साथ यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको अगुवाई सिरहाको पाँच स्थानमा स्थापना गरिएको यात्रु सहायता कक्षवाट अत्याधिक सेवा प्रदान गरिनुपर्छ । कोरोना महामारीको बेला पनि सार्वजनिक यातायातमा यात्रुहरुलाई सुरक्षा मापदण्डको पालना वेगर निर्वाध रुपमा गाडीमा चढाउने, महँगो भाडा असुल्ने जस्ता घटनाहरु हुँदै आएको छ । सिरहा सदरमुकाम, मिर्चैया, बन्दिपुर, गोलबजार र लहानमा स्थापना गरिएको यात्रु सहायता कक्षले सार्वजनिक यातायातमा हुने ठगीसँगै कोरोनाको यस जटिल समयमा यात्रुको रक्षाप्रति आफूलाई अग्रपंक्तिमा राखेर सेवा प्रदान गर्नुपर्छ । 
उसो त चाडपर्व लक्षित यस्ता यात्रु सहायता कक्षको स्थापना विगतमा पनि गरिएको थियो । तर अहिलेको समय अलि जटिल र फरक छ । कोभिडको जोखिम रहेकोले पनि यात्रु सहायता कक्षवाट कोभिड सुरक्षा मापदण्ड सार्वजनिक यातायातमा पालना भएको हो÷होइन त्यसको पनि निगरानी हुनुपर्छ । त्यसपछि भाडामा हुने मनपरी रोक्नुपर्छ । 
कोभिडको यस जोखिमका बेला स्थापना गरिएको यात्रु सहायता कक्षको निरन्तरता दिईनु पर्छ । जसले अगामी दिनमा नागरिकलाई ट्राफिक प्रहरीको सकारात्मक भूमिकाप्रति विश्वास वढ्दै जानेछ र कार्यको प्रशंसा पनि गरिनेछ । यस तर्फ जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्यान दिनु जरुरी छ ।

 

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित