संकटका बीच खुसी साट्न आयो दसैं

संकटका बीच खुसी साट्न आयो दसैं

अपन दैनिक
कार्तिक १, २०७७ मा प्रकाशित
७४ पटक पढिएको
संकटका बीच खुसी साट्न आयो दसैं

काठमाडौँ । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसैं मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै आइरहेको छ ।

धर्मशास्त्रीले सुरक्षा विधि अपनाएर खुसी साट्दै चाडपर्व मनाउने तथा खुसी र उमंगसँगै मनोबल बढाउन सकिएमा कोरोनाविरुद्धको लडाइँमा सहजता आउन सक्ने बताएका छन् । यसपालिको दसैंमा कोभिड–१९ विरुद्ध लड्न सक्ने आत्मबल पैदा होस् भन्ने कामनासहित पूजाआजा गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले बताए ।

शुभ साइत तर ज्येष्ठ नागरिक जोखिममा
नेपाल पञ्चांग निर्णायक समितिले यसपालि १० कात्तिकमा पर्ने विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा रहेको जनाएको छ । मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजयादशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका प्रसाद ग्रहण गर्दा पनि शुभ हुने समितिका अध्यक्ष प्राडा. रामचन्द्र गौतमले बताए ।

यसपालि कोरोना महामारीका कारण ज्येष्ठ नागरिकको हातबाट टीका लगाउन जाँदा उनीहरु जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

नवरात्रमा पूजा गरिने नौ देवीहरु
बडादसैंका बेला नवदुर्गाको पूजा गरिन्छ । नौ दिनमा हरेक दिन छुट्टाछुट्टै देवीको पूजा अर्चना गर्ने चलन छ । विभिन्न दानवमाथि देवीले विजय प्राप्त गरेको खुसियालीमा दसैं मनाउने गरिएको किंवदन्ती छ । विशेषगरी दुर्गा भवानीको नौरूप (शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री)को पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ ।

दसैंको पहिलो दिन अर्थात् घटस्थापनाका दिन शैलपुत्री देवीको पूजा गरिन्छ । शैलपुत्रीलाई हिमालय पर्वतकी पुत्री पार्वतीका रूपमा लिने गरिएको छ । घटस्थापनाका दिन घरघरमा जौ मकै विधिवत रूपमा रोपेर माझमा थापिएको कलशमा शैलपुत्रीको पूजाअर्चना गरि ने चलन छ ।

यसैगरी दोस्रो दिन ब्रम्चारिणीको पूजा गरिन्छ भने तेस्रो दिन पुजिने देवी चन्द्रघण्टा हुन् । यस्तै, चौथो दिन देवी कुष्माण्डको, पाँचौं दिन कुमार कार्तिकेयकी माता स्कन्दमाताको पूजा गरिन्छ ।

छैटौं दिन कात्यायनीको पूजा गरिन्छ भने सातौं दिन कालरात्रि देवीको पूजा गरिन्छ । कालो वर्ण भएकी कालरात्रि देवीको वाहन गधा हो भने देवीले क्रोधमा आगो निकाल्छिन् । चार हात भएकी देवीको चारै हातमा तरवार, मसाल र वरमुद्रा लिएकी हुन्छिन् । फूलपातीका दिन पुजिने देवी यिनै हुन् । यसैगरी, अष्टमीका दिन देवी महागौरीको पूजा गरिन्छ । विजयादशमीको अघिल्लो दिन सिद्धिदात्री देवीको विशेष पूजा गर्ने चलन छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित