ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन बजारमा

ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन बजारमा

अपन दैनिक
असोज ३०, २०७७ मा प्रकाशित
१३३ पटक पढिएको
ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन बजारमा

काठमाडौं । सामसङले ग्यालेक्सी जेट फोल्ड २ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । ग्यालेक्सी जेट फोल्ड २, थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

“अविश्वसनीय इन्जिनिएरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड २ ले मोबाइल अनुभव पूर्ण रुपमा बदल्छ । स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड२ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो,” कम्पनीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिप सजिएको ग्यालेक्सी जेट फोल्ड २, विशेष तथा परिष्कृत डिजाइनले रि–इन्जिनियरिङ गरिएको छ । जसले स्मुथ र हाई एन्ड अनुभव दिने जनाइएको छ । “सामसङ अल्ट्रा-थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा  परिष्कृत डिस्प्ले अनुभव दिन्छ । यस्को डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । जुन सिएएम मेकानिज्‌मभित्र रहेर यसले न्यु फ्लेक्स अनुभव दिन्छ ।”

ग्यालेक्सी जेट फोल्ड २ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको जनाइएको छ ।

इमरसिभ कन्टेन्ट एक्सपिरेन्स
ग्यालेक्सी जेट फोल्ड २, १५.७४ सेमी (६.२ इन्च), इनफिनिटि-ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफूलाई मन परेको कन्टेन्ट हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।

आफूले चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधा  
कभर र  मेन स्क्रिनबीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगीता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ ।  यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीहरुको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्दछ ।

आवश्यकतालाई सहजै पूरा गर्ने लचिलोपन :
यसको फ्लेक्स मोडले थर्दा यस फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यू मोडलले तपाइँलाई क्यामरालाई छोड्नु नै पर्दैन । तपाईंले स्पष्टसँग फोटो वा भिडियोहरुका मोस्ट रिसेन्ट पाँच वटा तस्बिर वा भिडिऔ मेन स्क्रिनको तलपट्टी देखा पर्दछ  र अर्को फोटोको प्रिभ्यू टप हाफमा देखा पर्दछ । 
ग्यालेक्सी जेट फोल्ड२ मा ह्याण्डस् फ्रिको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थामा पनि विषय निर्धारण गर्न सकिने लगाएको विशेषता रहेको कम्पनीले जनाएको छ ।

मूल्य एवम् सुविधाहरु :
ग्यालेक्सी जेट फोल्ड२ को मूल्य २ लाख ५० हजार रहेको छ । ग्यालेक्सी जेट फोल्ड२ विभिन्‍न दुई रंगमा उपलब्ध रहेको छ । यो फोन खरिद गर्नेलाई  एक पटकको लागि एनएलजि इस्युरेन्समार्फत् टुटफुटमा १ वर्षको बीमा सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित