गेलको आगमनमा बैंग्लोरविरुद्ध पञ्जाबको जित

गेलको आगमनमा बैंग्लोरविरुद्ध पञ्जाबको जित

अपन दैनिक
असोज २९, २०७७ मा प्रकाशित
२०८ पटक पढिएको
गेलको आगमनमा बैंग्लोरविरुद्ध पञ्जाबको जित

काठमाडौं । किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई आठ विकेटले पराजित गरेको हो ।

१७२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित ६१ रन बनाए । उनले ४९ बलमा पाँच छक्का र एक चौका प्रहार गरे । त्यस्तै, जारी सिजनमा पहिलो पटक खेलेका क्रिस गेलले शानदार प्रदर्शन गरे। उनले जारी सिजनको आफ्नो पहिलो खेलमा नै अर्धशतक बनाए । रन आउट हुनुअघि गेलले ४५ बलमा पाँच छक्का र एक चौका प्रहार गर्दै ५३ रन बनाए । यसअघिका सात खेलमा गेल स्वास्थ्य समस्याको कारण प्लेइङ सेट बाहिर थिए । गेलको अभावमा पञ्जाबले नराम्रो हार ब्यहोरिरहेको थियो। गेल आएसँगै पञ्जाबले पुनरागमन जित निकालेको छ । त्यस्तै, मयंक अग्रवालले ४५ रन बनाए । बलिङतर्फ बैंग्लोरका युजभेन्द्र चाहालले एक विकेट लिए ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित