३३ वर्षपछि डाँका मुद्दाका फरार आरोपी सहनी पक्राउ

३३ वर्षपछि डाँका मुद्दाका फरार आरोपी सहनी पक्राउ

अपन दैनिक
असोज २९, २०७७ मा प्रकाशित
१११ पटक पढिएको
३३ वर्षपछि डाँका मुद्दाका फरार आरोपी सहनी पक्राउ

काठमाडौँ । प्रहरीले  डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । सर्लाहीको बरथवा नगरपालिका–१ का राजवंशी सहनीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय, बरथवा सर्लाहीले अदालतमा पेश गरेको हो । 

वि.सं. २०४४ असार २६ गते सिरहा जिल्ला अदालतले सहनीलाई डाँका मुद्दामा ६ वर्ष कैद र २९ सय रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै सहनी फरार भएका थिए । 

फैसला भएपनि फरार आरोपी सहनी हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले २२ असोजमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । 

सहनीलाई इलाका प्रहरी कार्यालय बरथवाले २२ असोजमा पक्राउ गरेको हो । कोरोना महामारीको बेला पक्राउ परेका सहनीको पीसीआर रिपोर्ट ढिलागरी आएकाले अदालतमा पेश गरेर कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी भाटले बताए ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित