व्यवसायी ठग्ने नक्कली सुरक्षाकर्मी पक्राउ

व्यवसायी ठग्ने नक्कली सुरक्षाकर्मी पक्राउ

अपन दैनिक
असोज २९, २०७७ मा प्रकाशित
७० पटक पढिएको
व्यवसायी ठग्ने नक्कली सुरक्षाकर्मी पक्राउ

काठमाडौं । नक्कली सुरक्षाकर्मी बनेर व्यवसायीसँग रकम असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको खाडोदेवी घर भई काठमाडौंको बानियाटार बस्ने गोविन्द खड्का रहेका छन् ।

खड्काले प्रहरीले बोक्ने जस्तै सञ्चार सेट (वाकीटकी) र सुरक्षा निकायको पोशाक प्रयोग गरी काठमाडौं उपत्यकाका व्यवसायीलाई प्रभाव पार्दै रकम असुली गर्ने गरेको प्रहरीको भनाइ छ ।

दुई वर्षपछि महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो । उनको साथबाट सञ्चार सेट, गोविन्द खड्का लेखिएको ‘नेम प्लेट’, विभिन्न सुरक्षा निकायको पोशाक, सुरक्षाकर्मीले लगाउने बुट जुत्तालगायत बरामद गरिएको छ । बरामद सञ्चार सेटले अन्य सुरक्षा निकायका सञ्चार सेटका फ्रिक्वेन्सी टिप्ने गरेको पाइएको छ ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित