विदेशी मुद्रा अपचलनमा वंशल दाजुभाइविरुद्ध ८५ करोडको मुद्दा

विदेशी मुद्रा अपचलनमा वंशल दाजुभाइविरुद्ध ८५ करोडको मुद्दा

अपन दैनिक
असोज २८, २०७७ मा प्रकाशित
७० पटक पढिएको
विदेशी मुद्रा अपचलनमा वंशल दाजुभाइविरुद्ध ८५ करोडको मुद्दा

काठमाडौं । भन्सार चोरी पैठारी गरेका वस्तुहरुको भुक्तानीका लागि गैरकानूनी रूपमा विदेशी मुद्रा विदेश पठाई विदेशी विनिमय अपचलन गर्ने जेएसएस मोबाइल कलेक्सन एन्ड सर्भिसेज र श्याम इम्पेक्सका सञ्चालक मोहन वंशल र गोविन्द वंशलविरुद्ध ८५ करोड ९५ लाख रूपैयाँको बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ । 
राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरू दुवैबाट बिगोको तीन गुणा जरिवाना र ३ वर्ष कैद मागदाबी गरिएको छ । 
उनीहरूले विदेशमा निर्मित मोबाइल, मेमोरी कार्डलगायतका मालवस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध रूपमा ल्याई बिक्री बितरण गरेको, निकासी पैठारी गर्ने फर्मले मालवस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार बिन्दुमा मालवस्तुको घोषणा गर्ने र लाग्ने महसुल भुक्तानी गरी निकासी/पैठारी गर्नुपर्ने कानूनी व्यवस्थाको विपरीत कार्य गरेको विभागको ठहर छ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित