वैकल्पिक माध्यमबाट शिक्षा : कतै शुरू, कतै अन्योल

वैकल्पिक माध्यमबाट शिक्षा : कतै शुरू, कतै अन्योल

अपन दैनिक संवाददाता
असोज २८, २०७७ मा प्रकाशित
९७ पटक पढिएको
वैकल्पिक माध्यमबाट शिक्षा : कतै शुरू, कतै अन्योल

जनकपुर । कोभिड–१९ को संक्रमण नियन्त्रण र रोकथामका लागि गत चैत ११ देखि गरिएको देशव्यापी लकडाउनसँगै विद्यार्थी र विद्यालयबीचको सम्पर्कविच्छेद भयो । शिक्षकदेखि विद्यार्थीसम्म घरमै खुम्चिनुपर्दा अध्ययन, अध्यापन प्रभावित बन्यो । शहरी क्षेत्रका सम्पन्न परिवारका कतिपय विद्यार्थीले भर्चुअल माध्यमबाट घरमै पढाइलाई निरन्तरता दिए भने ग्रामीण भेगका सबैजसो बालबालिकाले यत्तिकै समय खेर फाले ।

धनुषा, महोत्तरी मात्र होइन, समग्र २ नम्बर प्रदेशकै ग्रामीण क्षेत्रमा अझै पनि इन्टरनेटको पहुँच र कम्प्युटरको उपलब्धता नहुँदा बहुसंख्यक विद्यार्थीका लागि पठनपाठनको माध्यम विद्यालयमा भौतिक उपस्थितिबाट मात्र हुन्छ । त्यसैले लकडाउनका कारण सृजित अध्ययन, अध्यापनको समस्यालाई केही सचेत अभिभावकले नियालिरहेका थिए । महामारी कहिलेसम्म लम्बिन्छ भन्ने टुंगो नभएपछि धनुषाको सबैलाका अभिभावकले बालबालिकाको नियमित शिक्षण–सिकाइ अगाडि बढाउनुपर्ने मनस्थिति बनाए ।

१८ वैशाखको साँझ उनीहरू गाउँमा भेला भए । भेला हुनेमा निजी विद्यालयमा पढाउने शिक्षक, क्लबका पदाधिकारी, कलेजमा अध्ययनरत युवक लगायत थिए । भेलाले महामारीबीच पठनपाठन जारी राख्न ५५ सदस्यीय युवा सञ्जाल गठन ग¥यो । सञ्जालसँग जोडिएका सबै युवाले गाउँका बालबालिकालाई निःशुल्क पढाउने प्रण गरे । र, विद्यार्थीलाई पढाइसँग जोडिराख्न त्यही दिनदेखि सकारात्मक शुरुआत भयोे ।

‘घर नै स्कूल, अभिभावक नै शिक्षक’ नारा दिएर शुरू गरिएको अभियानअन्तर्गत पहिलो चरणमा पाँच/पाँचजना विद्यार्थीको समूह बनाएर पढाउन शुरू गरिएको यादवले बताए । ‘शुरूमा त कतिपय अभिभावकले कोरोना संक्रमण त्रासका कारण आप्mना बालबालिकालाई पठाउनै मानेनन्,’ उनले भने, ‘तर अरू धेरै बालबालिकाले पढेको देखेपछि सबैले पठाउन थाले ।’

महोत्तरीको बर्दिवास नगरपालिकामा ५१ ओटा सामुदायिक विद्यालय छन् । गत वर्षको तथ्यांकअनुसार कक्षा १ देखि १० सम्म गरी १३ हजारभन्दा बढी विद्यार्थी छन् । यो पालिका वैकल्पिक माध्यमबाट सञ्चालित कक्षामा शतप्रतिशत विद्यार्थीलाई सहभागी गराएर जिल्लामै उदाहरणीय बनेको छ । नगरप्रमुख विदुर कार्कीले पालिकामा दुई माध्यमबाट वैकल्पिक माध्यमबाट शिक्षा लागू भएको बताए । अनलाईन (भर्चुअल) र भौतिक रूपमा नै निश्चित दूरी कायम गरी पठनपाठन भइरहेको उनको भनाइ छ । उनका अनुसार ठाउँ–ठाउँमा सिकाइ केन्द्र तोकिएको छ । टोल–टोलमा २०्२० जना विद्यार्थीको समूह बनाएर पढाइ भइरहेको छ । महोत्तरीकै गौशाला नगरपालिकाले पनि बर्दिवास नगरपालिकाले जस्तै टोल/टोलमा समूह बनाएर विद्यार्थीलाई पढाइरहेको छ । पालिकामा ३३ ओटा सामुदायिक विद्यालय छन् । जनचेतनाको अभावमा रेडियोको सदुपयोग गर्ने बानी नभएको नगरप्रमुख शिवनाथ महतोको भनाइ छ ।

नगरप्रमुख महतोका अनुसार यहाँका विद्यार्थी प्रविधिको प्रयोगमा अभ्यसत छैनन् । मोबाइल, ल्यापटप र टीभी घर–घरमा भए पनि शिक्षाका लागि उपयोग गर्न जानेका छैनन् । अभिभावक शिक्षित नहुँदा यस प्रकारको समस्या देखिएको छ । बन्दाबन्दीको अवधिमा भोगेको पाठ सिकेर पालिकाले विद्यार्थी र अभिभावकलाई प्रविधिमैत्री बनाउन तालीम नै सञ्चालन गर्नेे योजना बनाइएको उनले बताए ।

अधिकांशमा तयारी नै छैन
धनुषा र महोत्तरीका अधिकांश विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन थाल्न अझै तयारी गरिएको छैन । महोत्तरीमा करीब सात सयभन्दा अधिक सामुदायिक विद्यालय छन् । तर, असोज ४ गतेसम्ममा ३२ ओटा विद्यालयले मात्रै वैकल्पिक माध्यमबाट पढाइ शुरू गरेको जिल्ला शिक्षा समन्वय इकाइ महोत्तरीका प्रमुख चेसकुमार पोखरेल बताउँछन् । उनका अनुसार जिल्लाका उत्तरी क्षेत्रका विद्यालयमा पढाइ शुरू भइसकेको छ । तर, दक्षिण भेगका विद्यालयमा जनप्रतिनिधिको कमजोरी, आंशिक विवादका कारण अझै कुनै तयारी भएको छैन । इकाइ प्रमुख पोखरेलले सबै पालिकालाई वैकल्पिक माध्यमबाट पठनपाठन शुरू गर्न सुझाएको बताए । ‘यसका निम्ति सबै पालिकासँग सहजीकरण गरिसकेको छु । कार्ययोजना बनाउँदै छु,’ पोखरेलले भने, ‘चाँडै पठनपाठन शुरू हुन्छ ।’

कोरोना कहरका बीच केही सीमित जनप्रतिनिधि, शिक्षक र अभिभावक विद्यार्थीलाई सिकाउन प्रतिबद्ध भएर लागेका छन् । तर अधिकांश सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र सम्बन्धित जनप्रतिनिधि निष्क्रिय बस्दा वैकल्पिक माध्यमबाट कक्षा सञ्चालनबारे अन्योल बढेको छ । कोरोना महामारीको अवस्थामा यी सरोकारवाला निकाय सक्रिय नभए वैकल्पिक शिक्षा प्रभावकारी नहुने शिक्षाविद् प्राडा राजेन्द्र विमल बताउँछन् । सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र जनप्रतिनिधि वैकल्पिक कक्षा शुरू गराउन सक्रिय भए/नभएको कुनै लेखाजोखा पाइँदैन ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित