कोलकातामाथि बैंग्लोरको फराकिलो जित

कोलकातामाथि बैंग्लोरको फराकिलो जित

अपन दैनिक
असोज २६, २०७७ मा प्रकाशित
७६ पटक पढिएको
कोलकातामाथि बैंग्लोरको फराकिलो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पाँचौ जित निकालेको छ । सोमबार राति भएको खेलमा बैंग्लोरले कोलकातालाई ८२ रनले पराजित गरेको हो ।
१९५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११२ रन मात्रै बनाएपछि बैंग्लोरले फराकिलो जित निकालेको हो । कोलकाताका तीन खेलाडीले मात्रै दोहोरो अंक बनाए। शुबमन गिलले ३४ रन बनाउँदा आन्द्रे रसेल र राहुल त्रिपाठीले समान १६–१६ रन बनाए । बलिङतर्फ बैंग्लोरका क्रिस मोरिस र वासिङटन सुन्दरले समान २–२ विकेट लिए ।
यसअघि शारजाह रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको बैंग्लोरले २० ओभरमा दुई विकेटको क्षतिमा १९४ रन बनाएको थियो । बैंग्लोरका लागि एबी डि भिलियर्सले विष्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा ६ छक्का र पाँच चौका प्रहार गर्दै अविजित ७३ रन बनाए । त्यस्तै, बैंग्लोरका लागि आरोन फिन्चले ४७, कप्तान विराट कोहलीले अविजित ३३ र देवदुत्त पाडिकलले ३२ रनको योगदान दिए। बलिङतर्फ आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान १–१ विकेट लिए ।
कोलकातालाई पराजित गरेको बैंग्लोरले सात खेलबाट पाँचमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ। बैंग्लोर लिगको तेस्रो स्थामा छ । सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार ब्यहोरेको कोलकाता आठ अंकसहित चौथो स्थानमा छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित