कक्षा १२ को परीक्षा छठलगत्तै हुने

कक्षा १२ को परीक्षा छठलगत्तै हुने

अपन दैनिक संवाददाता
असोज २६, २०७७ मा प्रकाशित
१९१ पटक पढिएको
कक्षा १२ को परीक्षा छठलगत्तै हुने

काठमाडौं । कक्षा १२ को परीक्षा छठलगत्तै हुने भएको छ । मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताएका छन् ।
परीक्षा तालिका र मोडालीटीबारे एक–दुई दिनमा निर्णय सार्वजनिक गरिने बताउँदै उनले छठ लगतै परीक्षा लिने गरि तयारी थालेको जानकारी गराएका छन् ।
बुधवार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए ।
मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । 
कोरोना महामारी कम भएका जिल्लाहरुमा भौतिक दूरी कायम राखेर तथा स्वास्थ्यका मापदण्ड पुरा गरेर मात्र परीक्षा लिन पाउने छ ।

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित