सार्वजनिक यातायातमा कोभिड सुरक्षा मापदण्ड ! (सम्पादकीय)

सार्वजनिक यातायातमा कोभिड सुरक्षा मापदण्ड ! (सम्पादकीय)

अपन दैनिक
असोज २६, २०७७ मा प्रकाशित
७७ पटक पढिएको
सार्वजनिक यातायातमा कोभिड सुरक्षा मापदण्ड ! (सम्पादकीय)

संघीय मन्त्रिपरिषद्को निर्णयसँगै जिल्लामा गत असोज १ देखि सार्वजनिक यातायात संचालनमा आएको छ ।
कोरोना कहरवीच ६ महिनाको लामो लकडाउनको कारणले बन्द गरिएको सार्वजनिक यातायात देशभरी संचालनमा आईसकेको छ । छोटो तथा लामो दुरीका यातायात संचालन गर्ने निर्णय भएसँगै यातायात व्यवसायीहरुले तयारीमा जुटेका थिए । असोज १ विश्वकर्मा पूजा सकिएसँगै छोटो तथा लामो दुरीको यातायात निर्वाध रुपमा संचालनमा आईसकेको छ ।
सार्वजनिक यातायात संचालनमा आएसँगै कोभिड–१९ को सुरक्षा मापदण्डको वारेमा पनि प्रयाप्त ध्यान दिनु जरुरी छ । मास्कको प्रयोग, क्षमताको आधा यात्रु बोक्ने गरी सार्वजनिक गरिएको सार्वजनिक यातायात सम्बन्धी सुरक्षा मापदण्डको परिपालनाको वारेमा सरोकारवाला निकाय कतिको गम्भीर छ ?
अहिले सिरहा जिल्लामा नै सार्वजनिक यातायात अन्र्तगत म्याजिक भ्यान, टेम्पो, बसमा यात्रुहरु कोचाकोच गरिएको दृश्यहरु सार्वजनिक भएको छ । केही यात्रु मास्क लगाएपनि अधिकांस मास्कको प्रयोगविना कोचाकोच गरी सार्वजनिक यातायातमा बसेर यात्रा गर्ने गरका छन् । कोरोना महामारीका कारणले थला परेको सार्वजनिक यातायातमा अहिले हेलचक्राई वढ्न थालेको छ । झन दशैं आउन लागेकोले सार्वजनिक यातायातमा सुरक्षा मापदण्डको परिपालनामा गम्भीर त्रुटी हुने पक्का छ । यसैले पनि ठाउँठाउँमा कोभिड–१९ सुरक्षा मापदण्ड सार्वजनिक यातायातमा पालना भएको छ/छैन त्यसतर्फ स्थानीय प्रशासनले ध्यान दिनुपर्छ ।
फेरी यो विषय ट्राफिक प्रहरीको असुलीको माध्यम बन्नु भएन । सुरक्षा चेकजाँचमा कुनै लापरबाही गरिनु हुन्न् । र यातायात संचालन गर्न जारी गरिएको कोभिड–१९ को सुरक्षा सम्बन्धी मापदण्ड पूर्ण पालना हुनुको विकल्प छैन् ।

छापा संस्करण

२०७७ कार्तिक १४ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित