मोदीले दिलाए लाखौं भारतीयहरूलाई स्वामित्व हक

मोदीले दिलाए लाखौं भारतीयहरूलाई स्वामित्व हक

एजेन्सी
असोज २५, २०७७ मा प्रकाशित
७४ पटक पढिएको
मोदीले दिलाए लाखौं भारतीयहरूलाई स्वामित्व हक

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार स्वामित्व योजनाअन्तर्गत मानिसहरूलाई सम्पत्ति स्वामित्व पत्र अर्थात् प्रोपर्टी कार्ड्स बाँड्ने कामको शुभारम्भ गरेका छन् । 
उनले भिडियो कन्फरेन्समार्फत प्रोपर्टी कार्डहरूको वितरणको शुभारम्भ गरेका हुन् । 
यसपछि अब राज्य सरकारहरूले मानिसलाई कार्ड बाँड्नेछन् । 
मोदीले भिडियोमार्फत कार्ड पाउनेहरूसँग कुराकानी पनि गरे । 
प्रोपर्टी कार्ड पाएपछि र स्वामित्वको अधिकार प्राप्त गरेपछि के फाइदा भयो भनी उनले सोधे । अनि पहिले के समस्या हुन्थ्यो भनेर पनि उनले सोधे । 
सम्पत्तिको दह्रो कागजात हुँदा बैंकबाट ऋण लिन सजिलो भएको मानिसहरूले बताए । 
भारतको केन्द्र सरकारको स्वामित्व योजना सन् २०२० को अप्रिल २४ मा लागू गरिएको हो । 
यसअन्तर्गत ड्रोनहरूमार्फत जग्गाको सीमांकन गरिन्छ । गाउँहरूको सीमाभित्र हुने सबै घरको डिजिटल नक्शा तयार पारिन्छ । 
ग्रामीण क्षेत्रमा मानिसहरूलाई सम्पत्तिको स्वामित्व हक दिलाउने यस योजनाको उद्देश्य हो । 
यसअन्तर्गत प्रत्येक घर र जग्गाको रेकर्ड राखिन्छ । प्रोपर्टी कार्डहरू राज्य सरकारहरूले बनाउनेछन् । 
मानिसहरूले बैंकबाट ऋण लिन र अन्य प्रयोजनका लागि समेत यसको उपयोग गर्नेछन् । 
स्वामित्व योजना चार वर्षमा चरणबद्ध तरिकाले लागू गरिनेछ । सन् २०२४ सम्म देशका ६.६२ लाख गाउँलाई यसले समेट्नेछ । 
स्वामित्व पत्र पाउने एक लाख मानिसलाई मोदीले शुभकामना दिए । 

छापा संस्करण

२०७७ मंसिर ११ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित