गोलबजारमा श्रीधर केसीको अठार महिना

गोलबजारमा श्रीधर केसीको अठार महिना

जनताको नजिक भएर काम गर्ने स्थानीय सरकार हो : केसी

अपन दैनिक
असोज २५, २०७७ मा प्रकाशित
१८०२ पटक पढिएको
गोलबजारमा श्रीधर केसीको अठार महिना

उपसचिव भएर स्थानीय तहको जिम्मेवारीमा आएको करिब २५ महिनामै संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिवाट प्रवल जनसेवा श्री (चर्तुथ) पदक पाउन सफल सिरहाको गोलबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीसँग अपन दैनिकका प्रकाशक/सम्पादक शुभनारायण कामतीले गरेको कुराकानीको सम्पादित अंश ।

स्थानीय सरकारलाई कस्तो लिनु भएको छ ?
स्थानीय सरकार वीकेन्द्रीकरणको एउटा राम्रो स्वरुप हो । जनताको घरदैलोमा पुगेर सेवा सुविधा दिने यो एउटा असल अभ्यास पनि हो । विभिन्न मुलुकमा संघीयताका सफल अभ्यास हेर्न पाईन्छ । हाम्रो पनि असल अभ्यासका संकेतहरु देखिएका छन् ।
प्रदेश २ का स्थानीय तहलाई कसरी लिनु भएको छ ? 
सिरहा जिल्लाका स्थानीय तहमा तुलनात्मक रुपमा काम राम्रो भएको छ । कोरोना कालामा पनि स्थानीय तहले सकेजतिको सेवा प्रवाह गरेको छ । संघीय सरकारलाई स्थानीय तह भएर अत्याधिक समन्वय गरी सेवा दिन कोसिस भएको छ । तर केही कमजोरीहरु पक्कै छ । सुशासनका सवालहरु उठेको छ । सूचांकहरुले स्थानीय तहमा भ्रष्टाचार वढेको भन्ने सकेत गरेको पाईन्छ । तर बाहिर जति हल्ला भए जस्तै हुबहु छैन् । प्रदेश कतिपय स्थानीय तहले राम्रो काम गर्ने कोसिस पनि गरेको छ । तर कतै कतै समस्याहरु देखिएको छ ।
प्रमुख–उपप्रमुखवीच विकास र कार्यक्रम छनौटमा इन्ट्रेशकै कारण द्वन्द हुने गरेको छ । यसले गर्दा पनि स्थानीय सरकार बदमान भएको देखिन्छ । कतै कतै केही जनप्रतिनिधीले फस्टाई पनि गरेको छ, त्यसलाई कारबही दायरामा पनि ल्याउनु जरुरी हुन्छ ।
तपाई भने जस्तै कतै फस्टाई पनि भएको छ । फेरी अख्तियारमा उजुरीका पनि बढदै गएको छ नि ?
भ्रष्टाचार भएको छैन् । स्रोह आना ठिक छ, त्यो म भन्न सक्दिन् । तर कतै कतै उजुरी दिने गलत संस्कृति पनि मौलाउँदै गएको हो कि जस्तो पनि लाग्छ । अनियमितताको आशंका लागेकामा दिदा सही हो तर राम्रो काम भएकोमा पनि उजुरी दिने चलन देखिएको छ । यो चाहि गलत संस्कृति मौलाएको हो कि जस्तो लाग्छ । प्राय हरेक योजनामा उजुरी दिने गरेको सुन्छु । त्यो अलि ठिक भएन कि !
गोलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएको पनि डेढ वर्ष पुग्यो । के के गर्नुभयो त ?
साँच्चिकै भन्नु पर्दा, यो डेढ वर्ष कसरी वित्यो पत्तै चलने । सुरुमा केही अपठ्यारो हुन्छ कि जस्तो लागेको थियो । तर त्यस्तो केही भएन् । डेढ वर्षको अवधीलाई फर्केर हेँर्दा राम्रो कामहरु गरेको छु, जस्तो लागिरहेको छ । यसले मलाई खुशी पनि बनाएको छ ।
स्थानीय तहका आवश्यक कानून निर्माण, जनशक्ति व्यवस्थापन, पूँजिगत खर्चमा वृद्धि जस्ता कामहरु भएको छ ।
सहज रुपमा बताई दिनुस, तपाईले कस्ता काम गर्नुभयो त ?
विभिन्न कानून निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छु । प्रशासनिक भवन निर्माण, वडा कार्यालय, स्वास्थ्य चौकी भवन, बोर्डिङ जडान, कृषि सडक, कनेक्टिीभिटीका लागि वडाहरु जोड्ने कालोपत्रे सडक, वडा नम्बर २ मा खेलग्राम, मैनावत्ती पुल नजिकै ठूलो कर्भड हल निर्माण, स्टेडियम निर्माण जस्ता कामहरु भएको छ । 
यससँगै जनप्रतिनिधीवीच समन्वय, कर्मचारीको क्षमतावृद्धिका कामहरु, जनशक्ति व्यवस्थापन, नगर प्रहरी गठन, सिटी हल निर्माण गर्न जग्गा अधिग्रहण प्रकृया सुरु जस्ता कामहरु पनि भएको छ । 
अब के कस्ता काम हुन्छ ?
गोलबजार नगरपालिका ‘स्मार्ट सिटी’ घोषणा भएको छ । चालू आर्थिक वर्षमा यसै अनुसारका कामहरु गर्ने तयारी छ । नगरमा तरकारी खेतीको पकेट क्षेत्र पनि राम्रो छ । त्यसमा पनि प्रयाप्त ध्यान दिनुपर्छ । समग्रमा नगरलाई अगामी दिनमा स्मार्ट सिटीको लक्ष्य अनुसारकै पूर्वाधार निर्माणदेखि सुशासन, कृषि, सिंचाई, शिक्षा, स्वास्थ्य क्षेत्रमा 
कामहरु हुन्छ ।
गोलबजारका नगरपालिकाका जनप्रति निधीसँग तपाईको सम्बन्ध कस्तो छ ?
यसको जवाफ मैले के दिनु । तर पनि म आएको अठार महिना पुगेछ । यसैलाई आधार मान्न सकिन्छ । मेयरसाहब अत्यन्तै समन्वय गरी अगाडी वढ्नु हुन्छ । त्यससँगै उपमेयर, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुले पनि सहयोग गर्नुभएको छ । उहाँहरुले पनि विकास, सुशासनका काम गर्न सहयोग गर्दै आउनु भएको छ । एउटा ‘टिम स्पीरिट’ मा का गर्न सक्नु पर्छ ।
अनि तपाई सिरहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्थ्यो । किन छोटो अवधीमै सरुवा भयो ?
सिरहा नगरपालिकामा मेयर साहब एकदमै मिलनसार हुनुहुन्छ । उहाँले कहिले कुनै प्रेसर गर्नुभएन । केही जनप्रतिनिधीहरुवाट समान्य अवरोध चाहि पक्कै भयो । अब के भनु, त्यहाँ ७ महिना बस्नु नै थियो, त्यति भन्दा हुन्छ ।
अन्तमा के भन्नु हुन्छ ?
एउटा प्रमुख प्रशासकीयक अधिकृतको रुपमा आफ्नो सतप्रतिशत दिने कोसिस गरेको छु । नबुझेका कुरा आफूभन्दा सिनियरसँग सोध्ने कोसिसमा रहन्छु । एउटा कुरा भन्न म छ । स्थानीय तह नयाँ आएको छ । कानून बनाउने र कार्यान्वयन गर्ने अधिकार पनि छ । त्यसैले अलि जटिल भएपनि यो सुन्दर पक्ष हो । विकेन्द्रीकरणको यस अभ्यासलाई सफल बनाउन सवैले जोड दिनुपर्छ ।

Shubh

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित