अलमलमा डिसिएमसी (सम्पादकीय)

अलमलमा डिसिएमसी (सम्पादकीय)

अपन दैनिक संवाददाता
असोज २३, २०७७ मा प्रकाशित
१९२ पटक पढिएको
अलमलमा डिसिएमसी (सम्पादकीय)

कोरोना भाईरसको संक्रमण रोक्न सिरहा जिल्लामा रहेको ‘जिल्ला स्तरीय संकट व्यवस्थापन समिति’ ले पछिल्लो समय विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन नहुने र चाडपर्वका बेला खसीबोकाको बली रोक्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोक्न बनाईएको यो समितिले पछिल्लो समय प्रभावकारी कार्य गर्न नसकेको जनगुनासो बढ्दै गएको छ । कोरोना संक्रमणको ग्राम कम नभएपनि समितिले यस अघि गरेका आफ्ना निर्णय कार्यान्वयनबाट चुक्दै आएको देखिन्छ । समितिका संयोजन जिल्ला प्रशासन कार्यालय सिरहाले गर्दै आएको छ । तर निर्णय कार्यान्वयनमा अब्बल साबित नहुँदा जनगुनासो बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले आफ्नो सेवा प्रभाव गर्दा व्यापक भीडभाड बढेको थियो । नत सामाजिक दुरी नत स्वास्थ्य मापदण्ड नै पालना भएको देखियो । यससँगै मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला अदालतमा यसैगरी भीडभाड हुने तर व्यवस्थापनमा कतैबाट पहल हुन सकेको छैन् । बजार खोल्ने, बन्द गर्ने विषय होस वा विद्यालय संचालनका विषयमा पनि समयमा ठोस निर्णय लिन नसक्दा औन्यलताको स्थिती सृजना हुँदै आएको छ । पटक पटक डिएमसीसीको निर्णयमाथि प्रश्न उठ्ने गरेको छ । यस अघि स्थानीय तहलाई शीर्षकगत रुपमा कोरोनामा गरिएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरिएपनि त्यो कार्यान्वयन हुन सकेको छैन् । अहिले त्यो विवरण स्थानीय तहहरुले शीर्षकगत रुपमा सार्वजनिक नै गरेको छैन् । अहिले पनि डिएमसीसीले गरेको निर्णयमाथि प्रश्न उठेको छ । गाउँघरमा बोका बलिको तयारी गरिएको छ । तर डिएमसीसीको बोका बली रोक्ने गरी गरेको निर्णय कार्यान्वयनमा जोड दिन स्थानीय जनप्रतिनिधीसँग समन्वयमा जोड दिनुपर्छ । त्यससँगै सुरक्षा सर्तकताका निम्ति सुरक्षा संयन्त्र पनि तयारी अवस्थामा रह्नु पर्छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित