एकैपटक ११४ जिल्ला न्यायाधीशको सरुवा

एकैपटक ११४ जिल्ला न्यायाधीशको सरुवा

अपन दैनिक संवाददाता
असोज २३, २०७७ मा प्रकाशित
१३९ पटक पढिएको
एकैपटक ११४ जिल्ला न्यायाधीशको सरुवा

काठमाडौं । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो ।
परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको छ ।
परिषद्को निर्णय अनुसार उपत्यकाका सबै जिल्ला अदालतका दुई कार्य अवधि पूरा भएका न्यायाधीशको सरुवा भएको छ । काजमा खटिएका न्यायाधीशको यथास्थानमा पदस्थापन भएको छ ।
निर्णय अनुसार जिल्ला अदालत भक्तपुरका न्यायाधीश जगतनारायण प्रधान तनहुँ जिल्ला अदालतमा सरुवा भएका छन् । यस्तै सुनसरी जिल्ला अदालतमा कार्यरत रही गुल्मी काजमा रहनुभएका राधाकृष्ण उप्रेतीको गुल्मीमै सरुवा भएको छ ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको सिन्धुपाल्चोक जिल्ला अदालतमा सरुवा भएको छ । काठमाडौँ दरबन्दी रही जिल्ला अदालत सुनसरीमा काजमा रहनुभएका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको सुनसरी जिल्ला अदालतमा सरुवा भएको छ ।
यस्तै जिल्ला अदालत सिन्धुलीमा कार्यरत किरणप्रसाद शिवाकोटीको ललितपुर जिल्ला अदालतमा सरुवा भएको छ । त्यसैगरी कञ्चनपुरमा कार्यरत गोपालप्रसाद बाँस्तोलाको भक्तपुरमा सरुवा भएको छ । धनुषा जिल्ला अदालतमा दरबन्दी रही काठमाडौँको मुख्य न्यायाधीशमा कार्यरत राजुकुमार खतिवडाको काठमाडौँमै सरुवा भएको छ ।
जिल्ला अदालत रामेछापमा कार्यरत स्वीकृति पराजुलीलाई भक्तपुर जिल्ला अदालतमा सरुवा गरिएको छ । झापा जिल्ला अदालतमा दरबन्दी रही रुपन्देहीमा कार्यरत न्यायाधीश युवराज गौतमको काठमाडौँ जिल्ला अदालतमा सरुवा भएको छ । यस्तै सुनसरीमा कार्यरत इन्द्रकुमार चोङ्टेन्लीलाई पनि काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ । महोत्तरीमा कार्यरत केशवप्रसाद बाँस्तोलालाई काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ ।
मनाङमा कार्यरत रामचन्द्र पौडेललाई पनि काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ तर काठमाडौँ जिल्ला अदालतमा नै काजमा कार्यरत प्रकाश ढुङ्गानालाई सोही स्थानमा पदस्थापन गरिएको थियो । पर्सामा कार्यरत उद्धवप्रसाद भट्टराईलाई काठमाडौँ जिल्ला अदालतमा सरुवा गरिएको छ । यस्तै सूर्यप्रसाद अधिकारी, उपेन्द्र गौतमलाई काठमाडौँ सरुवा गरिएको छ ।
काठमाडौँमा कार्यरत ऋषिराम आचार्यलाई सप्तरी जिल्ला अदालतमा सरुवा गरिएको छ । काठमाडौँमा नै कार्यरत विदुर कोइरालालाई सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ । यस्तै न्यायाधीश विष्णुप्रसाल गौतम, अनिलकुमार शर्मालाई काठमाडौँमा सरुवा गरिएको छ । परिषद्ले यसअघि खुला प्रतिस्पर्धाबाट नियुक्त भएका २४ सहित २९ न्यायाधीशलाई पदस्थापनको पनि निर्णय गरेको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

छापा संस्करण

२०७७ मंसिर १० बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2020 - अपन दैनिक - सर्वाधिकार सुरक्षित